
काठमाडौं ।
मङ्गलसेन नगरपालिकाले विद्युतीय चुलो वितरण गर्ने भएको छ। विद्युत्को पहुँच पुगेको स्थानका विपन्न, एकल महिला र दलित समुदायलाई विद्युतीय चुलो वितरण गर्न लागिएको हो।
स्थायी नगरवासीले दुईपक्षीय साझेदारीमा इन्डक्सन चुलो, इन्डक्सन प्रेसर कुकर र इन्डक्सन कराही पाउने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले बताए।
आठ हजार पाँच सय रुपियाँ मूल्य रहेको उक्त सामग्रीमा सम्बन्धित व्यक्तिले चार हजार पाँच सय नगरपालिकालाई राजस्व बुझाउनुपर्ने छ।
पालिकाले विद्युतीय चुलोका लागि आवेदन माग गरेको छ। नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोबास भएको प्रमाण खुल्ने कागजात र चार हजार पाँच सय राजस्व तिरेको रसिदसहित नगरपालिकामा निवेदन पेस गर्न भनिएको छ। गोरखापत्रबाट
प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार