एनसेलका सीईओले भने- ‘हामी इन्टरनेट सेवा प्रदायकको रुपमा आउँछौ’

  • Technology Khabar | ४ जेष्ठ २०८१, शुक्रबार
एनसेलका सीईओले भने- ‘हामी इन्टरनेट सेवा प्रदायकको रुपमा आउँछौ’

काठमाडौं ।

निजी क्षेत्रको मोबाइल अपरेटर एनसेल आजियाटा लिमिटेड इन्टरनेट सेवा प्रदायक (आईएसपी) को रुपमा आउने भएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा आयोजित कार्यक्रममा एनसेल आईएसपीको रुपमा आउनसक्ने बताएका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार आयोजना गरेको दूरसञ्चार सम्मेलनको क्रममा आयोजित अन्तरक्रिया तथा छलफलको क्रममा सोधिएको एक प्रश्नको जवाफ दिँदै सीईओ जाब्बोरले भने, ‘एनसेलको सीइओको रुपमा मलाई लाग्दैन कि टेलिकमले एक मात्र क्षेत्र मोबाइलमा मात्र काम गर्नुपर्छ। एनसेल आईएसपीमा आउँछ भन्ने प्रश्नमा सम्भवतः हो। हामी आईएसपीमा आउनु भन्दा अघि हाम्रो कोर क्षेत्र मोबाइललाई स्थिर (फिक्स) गर्नुपर्छ।’

तर उनले इन्टरनेट सेवा प्रदायकको रुपमा सेवा दिने बारेमा कहिलेसम्म र कसरी दिने भन्ने कुनै ब्याख्या गरेनन्।

उनले कम्पनीले सुरुवात गर्न खोजेको परिवर्तनमा नियामकले सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार