एप्पल २०२५ मा फोल्डेबल २०.३ इन्च हाइब्रिड, २०२६ मा फोल्डेबल आईफोन ल्याउने योजनामा

  • Technology Khabar | २५ बैशाख २०८१, मंगलवार
एप्पल २०२५ मा फोल्डेबल २०.३ इन्च हाइब्रिड, २०२६ मा फोल्डेबल आईफोन ल्याउने योजनामा

काठमाडौं ।

एप्पलले फोल्डेबल डिभाइस ल्याउन काम गरिरहेको छ। ९टु५म्याकले हेरेको लगानीको नोट अनुसार एप्पल फोल्डेबल डिभाइसमा काम गरिरहेको छ।

हाइटोङ इन्टरनेशनल सेक्युरिटीजका विश्लेषक जेफ पुको रिपोर्टमा एप्पलले २०२५ को अन्त्यमा २०.३ इन्चको फोल्डेबल डिभाइसको मास उत्पादन सुरु गर्नेछ। र त्यसपछि २०२६ को अन्त्यमा फोल्डेबल आइफोन उत्पादन सुरु गर्ने बताएको छ।

टिप्स्टर मिङ–ची कुओले यस अघि एप्पलले २०.३ इन्च फोल्डेबल म्याकबुकमा काम गरिरहेको रिपोर्ट गरेका थिए। जुन २०२७ रिलीज गर्ने लक्ष्य राखिएको छ। रोस योङले एप्पलले २० इन्चको फोल्डेबल हाइब्रिड डिभाइस विकास गरिरहेको रिपोर्ट गरेको छन्। जुन २०२६ वा २०२७ रिलिजको लागि तयार छ। ब्लूमबर्गका मार्क गुरम्यानले पनि एप्पलले ‘डुअल–स्क्रिन, फोल्ड गर्न मिल्ने म्याकबुक÷आईप्याड हाइब्रिड विकास गरिरहेको’ बताएका छन्।

यदि पुको रिपोर्टलाई विश्वास गर्ने हो एप्पलले फोल्डेबल डिभाइसको कामलाई तीव्र पारेको छ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार