Apple

आईओएस १८ एआईको फिचरहरुको बारेमा नयाँ लीकले गर्यो खुलासा

आईओएस १८ एआईको फिचरहरुको बारेमा नयाँ लीकले गर्यो खुलासा
Global IME Bank

आगामी आईफोन १६ सिरिज र आईओएस १८ सँग एप्पलको सम्भावित एआई एकीकरणको बारेमा महिनौंदेखि चर्चा चलिरहेको छ। यसै क्रममा एप्पल इन्साडरको लीकले एप्पलको स्टोरमा के छ भन्ने बारेमा खुलासा गरेको छ।

उक्त लीकका अनुसार सफारी, स्पटलाइट सर्च, सिरी, मेल र म्यासेजेस गरी सबै एप्पलको कोर आईओएस एप्सहरू एआई अपग्रेडको लागि निर्धारित रहेको जनाइएको छ। साथै यसको केन्द्रबिन्दुमा “आईएक्स” नाम गरिएको नयाँ अन–डिभाइस लार्ज ल्याङ्गवेज मोडल (एलएलएम) रहने देखिएको उल्लेख गरिएको छ।

यो प्रणालीले प्रयोगकर्ताको इनपुटको प्रतिक्रियामा पूर्ण वाक्यहरू द्रुत रूपमा उत्पन्न गर्न सक्षम हुने जनाइएको छ। साथै आईएक्सले टेक्स्टको विश्लेषण गर्नेछ भने तिनीहरूलाई सटीकता र सान्दर्भिकताद्वारा क्रमबद्ध गर्दै धेरै सम्भावित जवाफहरू (मल्टिपल पसिबल रिप्लाइज) पनि प्रदान गर्ने रिपोर्टले उल्लेख गरेको छ।

यसबाहेक, ‘एलएलएम’ ले सफारी र म्यासेजेस एप भित्र समरिज (सारांशहरू) उत्पन्न गर्नका लागि किवर्ड र फ्रेजेस (वाक्यांशहरू) पहिचान गर्न सक्षम हुनेछ। त्यसैगरी सफारी १८ को “इन्टेलिजेन्ट सर्च” फिचरले प्रयोगकर्ताहरूलाई वेब पृष्ठहरूको संक्षिप्त सारांशहरू प्राप्त गर्न अनुमति दिने छ।

त्यसैगरी, एप्पलले आफ्नो एआई मोडललाई डिभाइस र एप्ससँग पनि एकीकृत गर्न सक्ने जनाइएको छ। यसले टेक्स्ट म्यासेजेसमा सम्पर्कहरू पहिचान गर्नुका साथै क्यालेन्डर एपबाट सान्दर्भिक जानकारी पनि तान्न सक्ने रिपोर्टमा भनिएको छ।

यसका साथै, सिरीले पनि एआईबाट फाइदा लिने उल्लेख गरिएको छ। भ्वाइस असिस्टेन्टले म्यासेज कन्टेन्ट (सन्देश सामग्री) मा आधारित सरल सारांश वा प्रतिक्रियाहरू प्रस्ताव गर्न सक्छ।

यद्यपि, कुपरटिनोमाआधारित टेक जायन्टले प्रयोगकर्ताहरूको गोपनीयतामा धेरै ध्यान केन्द्रित गरिरहेको र क्लाउड–आधारित प्रोसेसिङलाई कम गर्ने तरिकाहरू खोजिरहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।

Sajilo Visa
easy care