भारतीय कम्पनी फोनपेद्वारा नेपालमा यूपीआईमार्फत संचालित सेवाहरूको प्रदर्शनी

Technology Khabar २१ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

फोनपे भारतले आज काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक फोनपेले समर्थन गरेको थियो जो नेपाल-भारत क्रस बोर्डर  युपीआई अन्तरआबद्दताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो।

उक्त कार्यक्रमको अवसरमा भएको प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन (Compliance) मागहरूको बिषयमा चर्चाहरु भएका थिए।

सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत, नेपालको पर्यटन क्षेत्रमा यु.पी.आई (UPI) को सकारात्मक प्रभावलाई सदुपयोग गर्दै, कसरी समग्र पर्यटकहरुको अनुभवलाई बृदि गर्न  सकिन्छ  भन्ने  बारे प्यानलका  सदस्यहरुद्वारा छलफल भएको थियो।

फोनपेका कार्यकारी अधिकृत रितेश पाईले फोनपेले कसरी भारतभरी भुक्तानीलाई सबै वर्ग माझ एक समानरुपमा अगाडि बढाएको र एक सम्पन्न प्रणालीलाई बढावा दिँदै आएको छ भन्ने बारेमा धारणा राखेका थिए।

नेपाल भारतीय पर्यटकहरु  बीचमा धेरै लोकप्रिय गन्तव्य हो । पर्यटकहरुले अब विभिन्न पर्यटक स्थलहरू, खुद्रा स्टोरहरू, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न यु.पी.आई  ​​प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले नेपालमा फोनपे क्यूआरमा ​​दर्ता भएका व्यवसायिक स्थानहरूमा यूपीआई-सक्षम एपबाट क्युआर कोडहरू सजिलै स्क्यान गर्न सक्नेछन्।

अब छिट्टै नेपालबाट भारत भ्रमण गर्ने पर्यटकहरुले पनि यु.पी.आई  क्यु.आर कोड स्क्यान गर्न, वालेटमा आधारित एपहरू जस्ता वित्तीय साधनहरू प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने बताईएको छ।

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया