काठमाडौं ।
आईओएस २७ र आईप्याडओएस २७ को नयाँ विशेषता मध्ये कृत्रिम बुद्धिमता (एआई) प्रविधिमा आधारित सिरी सहायकको नयाँ संस्करण हो।
एप्पलले गत महिना यी अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरिसके पनि उक्त सुविधा यूरोपेलि संघमा भने अझै उपलब्ध भएका छैनन्।
मार्क गर्मनका अनुसार ईयूका प्रयोगकर्ताले सिरी एआईका लागि तत्काल धेरै आशा गर्नु पर्ने अवस्था छैन।
रिपोर्ट अनुसार, एप्पलले ईयूमा सिरी एआई उपलब्ध नभएको अवस्थालाई आफ्ना असन्तुष्ट प्रयोगमार्फत यूरोपेली नियामक निकायमाथि दबाब सिर्जना गर्न प्रयोग गरिरहेको हुन सक्छ।
टेलिग्राफका अनुसार यसरी प्रयोगकर्ताको दबाबमार्फत ईयूका संस्थाहरूलाई नियम परिवर्तन गर्न वा अहिलेको नियमलाई केही खुकुलो बनाउन बाध्य पार्ने फाइदा एप्पलले लिन सक्ने अनुमान गरिएको छ।
यो असामान्य हुनेछ। प्रयोगकर्ताले एप्पलका नयाँ डिभाइस खरिद गरे पनि त्यसमा विज्ञापन गरिएका प्रमुख सुविधामध्ये एउटा उपलब्ध नहुने र त्यसपछि उक्त सुविधा उपलब्ध गराउन नियामक निकायमाथि दबाब दिन प्रयोगकर्तालाई प्रोत्साहित गरिनेछ।
यो रिपोर्टमा आधारित सम्भावना मात्र हो। एप्पलको आधिकारिक रूपमा पुष्टि भएको भने होइन।
गर्मनका अनुसार सिरी एआईका लागि कति समय कुर्नुपर्ने हुन सक्छ भन्ने अनुमान गर्न एप्पल इन्टेलिजेन्सको उदाहरण हेर्न सकिन्छ। एप्पल इन्टेलिजेन्स ईयूबाहिर अक्टोबर २०२४ मा उपलब्ध भएको थियो भने युरोपेली संघमा मार्च २०२५ मा मात्र उपलब्ध भयो। ईयूका प्रयोगकर्ताले करिब पाँच महिना बढी कुर्नुपरेको थियो।
उनका अनुसार युरोपेली प्रयोगकर्ताले सिरी एआईका लागि पनि यस्तै समयको ढिलाइ व्यहोर्नुपर्ने हुन सक्छ।
प्रकाशित: २२ आश्विन २०८३, बिहीबार