अनर ट्रिपल फेस्टः ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
अनर ट्रिपल फेस्टः ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’

काठमाडौं ।

अनर नेपालले आफ्नो नयाँ ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ अभियानमार्फत उत्सवलाई अझ रोमाञ्चक, पुरस्कारमय र अविस्मरणीय बनाउने भएको छ।

अनरले यस पर्वलाई आफ्ना ग्राहकहरूका लागि अझ विशेष र यादगार बनाउने लक्ष्य सहित आकर्षक पुरस्कार राखेको हो।

यस अभियानअन्तर्गत ग्राहकहरूले अनर एक्स७ई एक्टिभ एअरबड्स, अनर वाच २ प्रो लगायतका आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। साथै, ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमणको अवसर समेत प्राप्त गर्नेछन्। यो अभियान अक्टोबर ४, २०२६ देखि नोभेम्बर १५, २०२६ सम्म सञ्चालन हुनेछ।

यस अभियानअन्तर्गत योग्य अनर स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकहरूले रोमाञ्चक पर्वतीय पुरस्कार कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन्।

अभियानअन्तर्गत हरेक दिन १० जना भाग्यशाली विजेताले अनर एक्स७ई एक्टिभ एअरबड्स जित्नेछन्। त्यस्तै, हरेक दिन ३ जना भाग्यशाली विजेताले अनर वाच २ प्रो जित्ने अवसर पाउनेछन्। ८ जना भाग्यशाली विजेताले थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार, यस अभियानमा सहभागी हुन ग्राहकहरूले अनर स्मार्टफोन वा ट्याब्लेट खरिद गरी ३५००१ मा ‘अनर स्पेस आईएमईआई नम्बर वा एसएन नम्बर’ लेखेर एसएमएस पठाउनुपर्नेछ।

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार