
काठमाडौं ।
सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेल माथि झुटा विवरण पेश गरी जागिर खाएको आरोपमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
पौडेलले आफ्नो व्यक्तिगत विवरण झुक्याई सार्वजनिक पदमा वहाल रहेको आरोपमा अख्तियारले आइतबार उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलसँग अमेरिकाको स्थायी आवसीय अनुमतिपत्र रहेको तर उनीले उक्त विवरण लुकाई सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकको रुपमा नियुक्ती लिएका थिए।
नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याई सार्वजनिक पदमा बहाल रहेको, पदावधि थप गर्दा अयोग्य व्यक्तिाई सिफारिश गरेको भन्ने आरोपमा अख्तियारले मुद्दा दर्ता गरेको हो।
उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ।
प्रकाशित: ९ बैशाख २०८१, आईतवार