डिजिटल पत्रकारिता तालिम सुरु

  • Technology Khabar | ८ बैशाख २०८१, शनिबार
डिजिटल पत्रकारिता तालिम सुरु

काठमाडौं ।

नेपाल पत्रकार महासङ्घ डोटीको आयोजनामा आजदेखि डिजिटल पत्रकारिता तालिम सुरु भएको छ। तालिम यही वैशाख १० गतेसम्म सञ्चालन हुनेछ।

तालिममा डिजिटल पत्रकारितामा प्रयोग गरिँदै आएका विषयवस्तुका सम्बन्धमा प्रशिक्षण दिइनेछ।

तालिमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य वीरबहादुर बलायरले डोटीका साझा सवाल र विकासबारेमा पत्रकार एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए। उनले डोटी जिल्लामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक यातायातका थुप्रै सवाल छन् तिनीहरूको उजागर गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गरे।

शिखर नगरपालिकाका उपप्रमुख सुनिता रावल जोराले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धिमा नगरपालिकाको सधै साथ र सहयोग रहने बताईन्।

उनले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिसँगै सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताईन्।

डोटीमा क्रियाशील पत्रकारलाई डिजिटल प्रविधिबारे नयाँ विषयवस्तुका बारेमा जानकारी दिनको लागि तालिमको आयोजना गरेको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए।

प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यहीरुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी लाग्नुु पर्ने पनि अध्यक्ष शाहीको भनाइ थियो। तालिममा २० जना पत्रकारको सहभागिता छ। रासस

प्रकाशित: ८ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • ८ बैशाख २०८१, शनिबार