दक्षिण कोरियाको चिप निर्यात मार्चमा बढ्दोक्रममा

Technology Khabar ९ बैशाख २०८१, आईतवार

काठमाडौं ।

दक्षिण कोरियाको सेमिकण्डक्टर (अर्धचालक)हरूको निर्यात मार्च महिनासहित लगातार पाँचौं महिनामा बढेको छ।

कुल सेमिकण्डक्टर निर्यात मार्चमा ११.६९ बिलियन डलर पुगेको छ, जुन एक वर्ष अघिको तुलनामा ३३.९ प्रतिशतले बढेको विज्ञान र आईसीटी मन्त्रालयले उल्लेख गरेको छ।

गत वर्षको तुलनामा क्रमशः ६३ प्रतिशत र ४.६ प्रतिशतले वृद्धि भएको प्रणाली चिप्सले ३.८ बिलियन अमेरिकी डलरको साथमा मेमोरी चिप्सले ७.४५ बिलियन डलरको योगदान गरेको द ईलेकले रिपोर्ट गरेको छ।

मेमोरीमा, डीर्यामले ३.३१ बिलियन डलर र नान्ड (NAND) ८२० मिलियन डलरका गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ६८.८ प्रतिशत र २८.२ प्रतिशत बढी रहेको छ।

मन्त्रालयले एआई बजारको विस्तार र आईटी उपकरणहरूको मागको रिकभरी वृद्धिको कारण भएको बताएको रिपोर्टमा भनिएको छ।

प्रकाशित: ९ बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया