टेस्लाले एक्सिलेरेटर दुर्घटनाको जोखिममा साइबरट्रक रिकल गर्दै

  • Technology Khabar | ८ बैशाख २०८१, शनिबार
टेस्लाले एक्सिलेरेटर दुर्घटनाको जोखिममा साइबरट्रक रिकल गर्दै

काठमाडौं ।

इलेक्ट्रिक कार कम्पनी टेस्लाले सुरक्षाका चिन्ताका कारण आफ्ना हजारौं नयाँ साइबरट्रक रिकल गरेको छ।

साइबर ट्रकको एक्सिलेरेटर पेडलहरू हालको आन्तरिक ट्रिममा फस्ने जोखिम रहन्छ र जसका दुर्घटनाको सम्भावना बढ्छ।

बीबीसीले कम्पनीका एक ह्वाइटलब्लोअरसँग कुरा गरेको आधारमा गरेको रिपोर्टअनुसार अघिल्लो टेस्ला मोडेलहरूको पेडलहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका थिए।

नोभेम्बर २०२३ र अप्रिल २०२४ को बीचमा बनाइएका ३ हजार ८७८ साइबरट्रक फिर्ता लिनेको लागत करिब ६१ हजार अमेरिकी डलर रहेको छ।

‘फसेको एक्सिलेरेटर पेडलले गाडीलाई अनायासै गति दिन सक्छ, दुर्घटनाको जोखिम बढाउँछ,’ अमेरिकी यातायात विभागले रिकलको सूचनामा लेखेको छ।

समस्या एक्सिलेरेटर प्याडमा छ। जसलाई जोडले धकेलियो भने भाँचिन सक्छ र त्यसपछि ट्रकको भित्री ट्रिममा फस्न सक्छ।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...