Technology Khabar ७ बैशाख २०८१, शुक्रबार
काठमाडौं ।
सोनीले ‘एक्सपेरिया स्पेशल इभेन्ट २०२४’ १७ मेमा आयोजना हुने आधिकारिक रुपमा पुष्टि गरेको छ। कार्यक्रम जापानको टेरेडा वायरहाउस बीएण्डसी हलमा हुनेछ।
यो कम्पनीको विशेष कार्यक्रम भएकाले १०० जनलाई मात्र आमन्त्रित गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
एक्पेरिया विकासकर्ताहरुले ननवीनतम फिचर्सहरु रियल लाइफमा प्रस्तुत गर्नेछ। कार्यक्रममा तीन मोडल (१, ५ र १०) घोषणा गरिनेछ। सोनीले एक्सपेरिया १ भी र १० भी गत वर्षको ११ मेमा र एक्सपेरिया ५ भी सेक्टेम्बरमा आएको थियो।
यस्तै १ र १० मोडल मेमा घोषणा गरिएको थियो भने लन्च भने जुलाई र जुनमा गरिएको थियो।
प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार