चर्चित युट्युवर मिस्टर बिस्टले गरे फिक्कल आधारभुत अस्पतालमा सोलार बत्ती जडान

  • Technology Khabar | ३ बैशाख २०८१, सोमबार
चर्चित युट्युवर मिस्टर बिस्टले गरे फिक्कल आधारभुत अस्पतालमा सोलार बत्ती जडान

काठमाडौं ।

सिन्धुलीको फिक्कल आधारभुत अस्पतालमा सोलारबत्ती जडान गरेको कथाको भिडियो चर्चित युट्युबर मिस्टर बिस्टको ‘बिस्ट फिलान्थ्रोपी’ युट्युब च्यानलमा सार्वजनिक भएको छ। भिडियोमा सिन्धुलीको फिक्कल गाउँपालि स्थित आधारभूत अस्पतालमा सोलार प्यानलहरु जडान गरिएको देखाइएको छ।

‘गिभ पावर’ र ‘द ग्रिन प्रोग्राम’ मा सामेल भएका विश्वभरका विद्यार्थी र स्वयंमसेवक मिलेर उक्त अस्पतालमा कुल २२ ओटा सोलार प्यानलहरु जडान गरेका हुन्।

उक्त अस्पतालमा विद्युतको अभावले गर्दा प्रतिकुल असर परेको र स्थानियहरु सामान्य स्वास्थ्य सेवाहरुबाट बन्चित रहेको अवस्थामा अब सोलारको विद्युतले त्यहाँ राहत प्रदान गर्ने भिडियोमा उल्लेख छ।

साथै अब उक्त अस्पतालले सोही समुदायका १६,००० भन्दा धेरै मानिसहरुलाई स्वास्थ्य सेवाहरु प्रदान गर्ने बताईएको छ।

साथै उक्त गाउँपालिकामा हाल विद्युतको राष्ट्रिय प्रसारण लाईन नपुगेको र विद्युत पुग्न अझै थप ६ वर्ष लाग्ने दाबी भिडियोमा गरिएको छ।

मिस्टरबिस्टले युट्युब मार्फत उक्त अस्पतालमा सोलार बत्ति जडान गरेको भिडियो आइतबार सार्वजनिक गरेका हुन्।

गत वर्षको हिउँदमा ‘सिक्रेट मिसन’ का लागि भनेर युट्युवर मिस्टर बिस्ट नेपाल आएका थिए। मिस्टर बिस्टको हाल युट्युवमा २३.४ मिलियन सब्सक्राइबर्स रहेका छन्।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×