
काठमाडौं ।
चिनियाँ अटोमेकर र सिपर्सले ईभी नियातमा भइरहेको वृद्धिलाई समर्थन गर्न ठूलो संख्यामा कार बोक्ने जाहाज अर्डर गरिरहेका छन्। यसबाट चीन २०२८ सम्ममा संसारको चौथो सबैभन्दा ठूलो फ्लीट जम्मा गर्ने मार्गमा छ।
शिपिङ कन्सल्टेन्सी भेसन नोटिकलको तथ्यांक अनुसार चीनसँग हाल ३३ कार बोक्ने जहाजहरू सहित विश्वको आठौं ठूलो फ्लीट छ। जापानसँग २८३, नर्वेसँग १०२ र दक्षिण कोरिया ७२ कार बोक्ने जहाजसहित क्रमश पहिलोदेखि तेस्रो स्थानमा छन्।
तर चिनियाँ कम्पनीसँग अडरमा ४७ जहाज छ। यो विश्वव्यापी स्तरमा सबै अर्डरको एक चौथाई हो। खरिदकर्ताहरुमा एसएआईसी मोटर, चेरी अटोमोबाइल, बीवाईडी सहित शिपर्स सीओएससीओ र चिनियाँ अटोमेकरहरुको तर्फबाट चीन मर्चेन्ट रहेका छन्।
‘यो आर्मडा चीनलाई डेलिभर गरिसकेपछि, चीन नियन्त्रित कार क्यारियर फ्लीट हालको २.४ प्रतिशत बढेर ८.७ प्रतिशत हुनेछ,’ भेसन विश्लेषक एन्ड्रिया डे लुकाले भने, ‘हामीलाई विश्वास छ कि नयाँ व्यापार मार्ग लागभग विशेष रुपमा सबै चिनियाँ आईएम (सवारी निर्माता)का लागि स्थापित गरिनेछ।’
अर्डरमा भएको उछालले धेरैजसो चिनियाँ शिपयार्डहरूलाई फाइदा पुर्याएको छ, जसले विश्वव्यापी रूपमा ८२ प्रतिशत अर्डरहरू प्राप्त गरेको डाटाले देखाउने रोयटर्सले उल्लेख गरेको छ।
मूल्य–निचोड प्रतिस्पर्धा, लागत–सचेत उपभोक्ताहरू र सुस्त अर्थतन्त्रको साथ, अटोमेकरहरूले बजारहरूमा विस्तार गरेका छन् जहाँ उनीहरूका गाडीहरूले मूल्य घरेलू बजारको तुलनामा अधिक हो। गत वर्ष चीनले जापानलाई उछिनेर सबैभन्दा ठूलो अटो निर्यातकर्ता बनेको थियो।
बीवाईडीले २०२३ मा २ लाख ४० हजार कार निर्यात गरेको छ। योे विश्वव्यापी बिक्रीको ८ प्रतिशत हो र कम्पनीले यस वर्ष ४ लाख निर्यात गर्ने योजना बनाएको छ।
टेस्ला र फक्सवागन जस्ता विदेशी कम्पनीहरुले पनि देशको लागत–प्रभावी आपूर्ति श्रृंखलाको फाइदा लिन निर्यातको लागि चीनमा उत्पादन विस्तार गरेका छन्।
बढ्दो ढुवानी लागत र स्थानीय सरकारको समर्थनले अटोमेकरहरूलाई जहाजहरू आफैं किन्न प्रेरित गरेको छ। २०२३ को अन्त्य सम्म, ६ हजार ५०० वाहन वाहक चार्टर गर्न दैनिक दर एक लाख १५ हजार अमेरिकी डलर पुगेको छ। २०१९ को औसत भन्दा सात गुणा बढी रहेको शिपिङ परामर्श क्लार्कसनको डाटामा देखिन्छ।
प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार