विश्वास नहुने डाटा प्रकाशन नगर्न अर्थविद्वको दूरसञ्चार प्राधिकरणसँग आग्रह

  • Technology Khabar | २७ चैत्र २०८०, मंगलवार
विश्वास नहुने डाटा प्रकाशन नगर्न अर्थविद्वको दूरसञ्चार प्राधिकरणसँग आग्रह

काठमाडौं ।

अर्थविद्व प्रा.डा. अच्युत वाग्लेले विश्वास नहुने डाटा प्रकासन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन्।

प्राधिकरणले दूरसञ्चार क्षेत्रको अवस्थाको बारेमा प्रकासित गर्ने एमआईएस डाटा विश्वसनिय नभएकाले प्रकासित नगर्न डा. वाग्लेले आग्रह गरेका हुन्।

‘सिम वितरणको आधारमा सक्रिय प्रयोगकर्ताको डाटा राखिएको छ। विश्वसनिय डाटा छैन भने प्रकासित गर्नु हुँदैन,’ प्रविधि पत्रकार मञ्चले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा वाग्लेले भने, ‘यस्तो डाटा अनुसन्धान तथा विश्वविद्यालयको प्रस्तुतिकरणमा काम हुँदैन।’

प्राधिकरणको २०८० असोजको एमआईएस रिपोर्टमा नेपालको जनसंख्या भन्दा सक्रिय मोबाइल (सिम) प्रयोगकर्ताको संख्या धेरै देखाइएको छ। एमआईएस रिपोर्टमा नेपालमा सक्रिय मोबाइल प्रयोगकर्ता ११९.०९ प्रतिशत रहेको डाटा प्रकाशित गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले एमआईएस रिपोर्टमा त्रुटी भएको स्वीकार गरे। एमआईएस रिपोर्ट अध्ययन, अनुसन्धानका लागि उपयुक्त हुने गरी तयार गर्ने काम प्राधिकरणले गरिरहेको भण्डारीले कार्यक्रममा जानकारी दिए।

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

  • Technology Khabar
  • २७ चैत्र २०८०, मंगलवार