औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने

  • Technology Khabar | २७ चैत्र २०८०, मंगलवार
औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला हुने

काठमाडौं ।

उद्योग सङ्घ चितवनको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको सहआयोजनामा यही वैशाख ७ गतेदेखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला २०८० हुने भएको छ। स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरणमार्फत उद्यमशीलता विकासका लागि मेला गर्न लागिएको हो ।

प्रदर्शनीमा एक सय ५० कक्ष रहने उद्योग सङ्घका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिए।

सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ।

आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ‘स्टार्ट अप’ सेमिनार र नेपालको वर्तमान औद्योगिक नीतिसम्बन्धी छलफलसमेत हुनेछ । प्रदर्शनी अवधिमा शून्य प्रतिशत ब्याजदरसहित किस्ताबन्दीमा ल्यापटप खरिद गर्न सकिने महासङ्घका अध्यक्ष टेकलाल भुसालले जानकारी दिए।

यसैगरी कम्प्युटर, ल्यापटप तथा प्रिन्टरको निःशुल्क मर्मत गरिने छ। भरतपुर भ्रमण वर्ष–२०२४ लाई दृष्टिगत गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाइनमार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकनकर्तामध्ये दैनिक तीनजनालाई पुरस्कृत गरिने छ।

अर्थतन्त्रमा परेका प्रभावका कारण उद्योग व्यापार सुस्ताएको समयमा गर्न लागिएको मेलाले यहाँको अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ। रासस

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...