दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | २६ चैत्र २०८०, सोमबार
दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस भूउपग्रह प्रक्षेपण
फाइल तस्विर।

काठमाडौं ।

दक्षिण कोरियाले दोस्रो सैन्य जासूस भूउपग्रह ‘स्पेसएक्स फाल्कन–९’ रकेट प्रक्षेपण गरेको कोरियाली रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ।

स्वदेशी सैन्य जासूसी भूउपग्रहसहित ११ भूउपग्रह बोकेको ‘फाल्कन–९’ रकेट संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट सोमबार बिहान ८ः१६ मा उडेको थियो ।

प्रक्षेपण भएको ४५ मिनेटपछि भूउपग्रहलाई कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँचवटा सैन्य जासूस भूउपग्रह प्रक्षेपण गर्ने योजना बनाएको र दोस्रो ‘सिन्थेटिक एपर्चर रडार’ सेन्सरसहित हुने बताएको छ।

यसअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो । रासस/सिन्ह्वा

प्रकाशित: २६ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार