
काठमाडौं ।
काठमाडौं । टिसिएलले आफ्ना ब्राण्डका टिभीमा तीन वर्षे वारेन्टी दिने भएको छ। यसअघि टिसिएलमा २ वर्षे वारेन्टी मात्र रहेकोमा अब थप १ वर्षको वारेन्टी बढाएको हो ।
टिसिएल ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको इओएल प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी टिभीमा दुई वर्षे पुरा वारेन्टीका साथमा एक वर्षे सर्भिस वारेन्टी थप गरिएको जानकारी दिएको छ।
नेपालमा विगत पाँच वर्षदेखि टिसिएलका टिभी लोकप्रिय बनेको कम्पनीको दावी छ।
सन् १९८१ मा स्थापित कम्पनीले तीन दशकदेखि अडियो व्यवसायबाट शुरु गरेर हाल स्मार्ट एप्लायन्सको व्यापार प्रबद्र्धन शुरु गरिसकेको टिसिएलले जनाएको छ।
प्रकाशित: १८ जेष्ठ २०७५, शुक्रबार