लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

  • Technology Khabar | १९ चैत्र २०८०, सोमबार
लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

काठमाडौं ।

लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन्।

माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी भइरहेको उक्त समूहले जनाएको छ।

जागिर खोजीमा रहेका व्यक्तिलाई अब गेमिङको सुविधा पनि थप्न लागिएको टेकक्रन्चले कम्पनीको स्रोतलाई उद्धृत गर्दै समाचार छापेको छ।

वर्डल नामको गेमले पनि लाखौं व्यक्तिलाई जोड्नेजस्तो पजल–म्यानिया ( मस्तिष्कलाई चुनौती दिने क्लासिक पजलहरूको सङ्ग्रहको एक किसिमको खेल ) ले लोकप्रियता हासिल गर्न थालेको छ । माइक्रोसफ्टले अगाडि सारेका तीन वटा खेल “क्वीन्स”, “इन्फरेन्सन” र “क्रसक्लिम्ब” हुन् ।

लिंक्डइनका एक जना प्रवक्ताले भने “हामीले गेमिङमा काम गरिरहेको छौं तर अझैसम्म कुन मितिमा प्रारम्भ गर्ने भनेर तयारी भई सकेको छैन।” उनले लिंक्डइनमा ‘पजल–आधारित’ खेलहरु रमाइलो गर्न र सम्बन्धलाई गहिरो बनाउनका लागि प्रयोगमा ल्याउन थालेका बताए।

धेरै अन्य सामाजिक सञ्जालमा पहिले नै आफ्ना प्रयोगकर्ताहरूलाई मनोरञ्जनका लागि गेमहरू समावेश गरिसकेका छन् । लिंक्डइनमा अब यो गेमिङ फिचर कहिले थपिने हो हेर्न बाँकी छ, उनले जानकारी गराए। रासस/एएनआई

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार