
काठमाडौं ।
क्रोमले अब सर्च एक्सपिरियन्स (खोज अनुभव) लाई थप सरल र सहज बनाउनको लागि अद्यावधिकहरू रोल आउट गर्दैछ। अब, तपाईंले सर्च बक्समा टाइप गर्न सुरु गर्नु अघि नै क्रोमले तपाईंको विगतका खोजहरूसँग सम्बन्धित क्वेरी सजेसन्स (सुझावहरू) प्रदर्शन गर्नेछ।
यद्यपि यो फिचर नयाँ थप जस्तो लागेतापनि गुगलले सन् २०२० देखि यस्तै प्रकारको “पिपल अल्सो सर्च फर” फिचर (सुविधा) प्रयोग गर्दै आएको छ। अघिल्लो फिचर (सुविधा) को तुलनामा हालको यो फिचर अझ परिष्कृत, राम्रो–विकसित पुनरावृत्ति हुने र जुन गुगलले पहिले प्रयोग गरिरहेको भन्दा थप पर्सनलाइज्ड महसुस हुने उल्लेख छ।
तपाइँलाई अब क्रोमले इम्प्रुभ्ड अन–डिभाइस क्यापाबिलिटिजका साथ कभर (उपकरणमा सुधारिएको क्षमताहरू प्रदान ) गर्नेछ, जसले कनेक्सन ल्यागिङ हुँदा पनि सर्च सजेसन्स पप अप सुनिश्चित गर्नेछ।
यसले पपुलर सर्च सजेसन्स (लोकप्रिय खोज सुझावहरू) को कम्प्याक्ट, रिड–वन्ली मोडलमा तपाईंको लोकेल अनुरूप कमप्याक्ट डाउनलोड गरेर काम गर्ने जनाइएको छ। यो मोडल सिधै तपाईंको डिभाइसमा स्टोर (भण्डारण) हुने उल्लेख गरिएको छ।
साथै तपाईंको नेटवर्क सुस्त हुँदा वा तपाईं इन्कग्निटो मोडमा ब्राउज गर्दै हुनुहुन्छ भने यसले आवश्यक पर्दा कार्य गर्नका लागि सधैँ तयार हुने उल्लेख गरिएको छ।
सामान्यतया कुनै सुझावहरू प्रदान नगरिने इन्कग्निटो मोडमा पनि तपाईंले आफ्नो गोपनीयतामा सम्झौता नगरी यस सुविधाको फाइदा पाउनुहुनेछ भने यसको लागि स्थानीयरूपमा भण्डारण गरिएको डाटा मोडललाई धन्यवाद दिनुपर्ने उल्लेख गरिएको छ।
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार