
काठमाडौं ।
मिडियाटेकले इन्ट्री–लेभल फोरजी स्मार्टफोनहरूको लागि डिजाइन गरिएको एउटा नयाँ तर परिचित हेलियो जी९१ एसओसी घोषणा गरेको छ। जी९१ मा प्राय जसो हेलियो जी८८ र जी८५ हरूको जस्तै हार्डवेयर भएतापनि यसमा अपग्रेड गरिएको आईएसपी प्रदान गर्दछ।
उल्लेखित तीनवटै चिपहरूमा समान सीपीयू कन्फिगरेसन समावेश गरिएको छ। जसअनुसार २.० गीगाहर्जमा क्लक्ड २एक्स कोर्टेक्स ए७५लाई १.८ गीगाहर्जमा टिकिङ गरिएको ६एक्स कोर्टेक्स–ए५५ ले ज्वाइन गर्ने जनाइएको छ।
साथै यी तीनै चिपसेटले १.० गीगाहर्जमा क्लक्ड गरिएको माली–जी५२ एमसी२ समान जीपीयू पनि सेयर गर्नेछ। यसमा टीएसएमसीको १२ एनएम निर्माण प्रक्रिया प्रयोग गरिएको छ।
यद्यपि, नयाँ जी९१ ले अब १०८ मेगापिक्सेल सेन्सरहरूलाई समर्थन गर्दछ र जसले सन् २०२४ मा प्रतिस्पर्धी बजेट सलुसन एसेम्बल गर्न खोजिरहेका निर्माताहरूले चिपलाई प्राथमिकता दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २० फाल्गुन २०८०, आईतवार