Technology Khabar ८ फाल्गुन २०८०, मंगलवार
काठमाडौं ।
ह्वावेले यसै साता बिहीबार पकेट २ फोन लन्च गर्ने कम्पनीले आफ्नो वेइबो प्रोफाइलमा घोषणा गरेको छ।
आधिकारिक टिजरले फ्लिप फोल्डेबलको एउटा सर्कल क्यामराको लागि र अर्को एक्सटर्नल डिस्प्लेको लागि भन्ने गरेको लीक रेन्डरहरू साँचो भएको पुष्टि गरेको छ।
केही अफवाहले पकेट २ पी७० फ्ल्यागशिपहरूसँगै आउने सुझाव दिएका थिए तर यसको आगमन अपेक्षा गरे भन्दा अलि छिटो भएको छ।
नयाँ फोनको स्पेक्सको बारेमा अहिलेसम्म धेरै जानकारी छैन्। यद्यपि डिभाइसमा ह्वावेले आजभोलीका आफ्ना सबै प्रिमियम डिभाइसहरूमा प्रयोग गर्ने गरेको किरिन ९०००एस चिपसेटका साथै हार्मोनीओएस ४.० र अधिक क्षमताको ब्याट्रीको अपेक्षा गर्न सकिने उल्लेख छ।
प्रकाशित: ८ फाल्गुन २०८०, मंगलवार