स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बेस्डरमा नियुक्त

  • Technology Khabar | २८ माघ २०८०, आईतवार
स्वस्तिमा खड्का शाओमीको ब्रान्ड एम्बेस्डरमा नियुक्त

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गरेको छ। स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी भने, “नेपालको लोकप्रिय अभिनेत्री एवम् शालीन व्यक्तित्वकी धनी स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बेस्डरको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ। हाम्रो सहकार्यले शाओमीले अझ उचाई लिनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।”

यस्तै नवनियुक्त ब्रान्ड एम्बेस्डर स्वस्तिमा खड्काले भनिन्, “शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा म निकै गौरवान्वित छु। अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र मेरो व्यक्तिगत लक्ष्य मेल खान्छ। मलाई यो अवसर दिएकोमा शाओमीप्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले हामी दुवैलाई एउटा नयाँ उचाइमा पुर्याउनेछ।”

प्रकाशित: २८ माघ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...