Technology Khabar १० माघ २०८०, बुधबार
काठमाडौं ।
इलेक्ट्रिक दुई पांग्रे निर्माता रिभोल्ट मोटर्सले आफ्नो आरभी४०० इलेक्ट्रिक मोटरसाइकलको नयाँ भेरियन्ट बीआरजेड भारतीय बजारमा लन्च गरेको छ। यस इलेक्ट्रिक मोटरसाइकल १ लाख ३८ हजार भारु एक्स शोरुम मूल्यमा प्रस्तुत गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
इलेक्ट्रिक मोटरसाइकल लूनर ग्रीन, प्यासिफिक ब्लू, डार्क सिल्भर, रिबेल रेड सहित पाँच रंग विकल्पमा उपलब्ध छ। नयाँ रिभोल्ट आरभी४०० इलेक्ट्रिक मोटरसाइकलमा ७२ भोल्टको ३.२४ किलोवाट आवरको लिथियम आयन ब्याट्री दिइएको छ।
यसमा इको, नर्मल र स्पोर्ट राइडिङ मोड छ। जसले फुल चार्जमा क्रमशः १५० किलोमिटर, १०० किलोमिटर र ८० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। इलेक्ट्रिक मोटरसाइकलको ब्याट्री तीन घण्टामा ० देखि ७५ प्रतिशतसम्म चार्ज हुने बताइएको छ। यो फुल चार्ज हुने साढे चार घण्टा लाग्छ।
विशेष रुपमा रिभोल्ट आरभी४०० बीआरजेडमा इलेक्ट्रिक मोटरसाइकलमा कम्बी ब्रेकिङ सिस्टम मिल्छ। यसमा साइड स्ट्याड कट अफ, डिजिटल इन्ट्रुमेन्ट क्लस्टर लगायत दर्जनौं फिचर्स छ। आरभी४०० बीआरजेड उत्कृष्ट गुणस्तर र लुकका साथ उपलब्ध भएको रिभोल्ट मोटर्सको दाबी छ।
कम्पनीका बिजनेस चेयरपर्सन अन्जलि रतनले नयाँ रिभोल्ट आरभी४०० बीआरजेड इलेक्ट्रिक मोटरसाइकल लन्च गर्दै भने, ‘यो बाइक दुई पांग्रे सवारी चालकको आवश्यकताको गहिरो अध्ययन पछि विकसित गरिएको हो। हामी राइडर्सलाई उत्कृष्ट अनुभव दिनका लागि प्रतिबद्ध छौं।’
भारतमा बिक्रीका लागि उपलब्ध नियमित रिभोल्ट आरभी४०० मोडलको एक्स शोरुमा मूल्य १ लाख २७ भारु देखि १ लाख ३८ हजार भारु बीचमा छ।
प्रकाशित: १० माघ २०८०, बुधबार