नेपालमा रोबोटबीच प्रतिस्पर्धा हुने, नेपाल सहित भारत, बङ्गलादेश र पाकिस्तानका टिमले प्रतिस्पर्धा गर्ने

  • Technology Khabar | १० माघ २०८०, बुधबार
नेपालमा रोबोटबीच प्रतिस्पर्धा हुने, नेपाल सहित भारत, बङ्गलादेश र पाकिस्तानका टिमले प्रतिस्पर्धा गर्ने
सांकेतिक

काठमाडौं ।

नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ। खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा गराउन लागिएको हो।

बुधबार आयोजित पत्रकार सम्मलेनमा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले विश्वकर्मा ‘व्याटल अफ टाइटनस्–टु’ नामक टाइटल रहेको प्रतियोगितामा मानव नियन्त्रित रोबोटको डिजाइन, गतिशीलता, आक्रमण, प्रतिरक्षा तथा क्षमताको प्रदर्शन गर्न लागेको जानकारी दिए।

अध्यक्ष शेर्पाले सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’ प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान देशबाट १८ समूहले प्रतिस्पर्धा गर्ने जानकारी दिए। प्रत्येक सहभागीले आ–आफ्नो राष्ट्र र विश्वविद्यालयको प्रतिनिधित्व गर्नुपर्ने उनले बताए।

वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सिर्जना र आविष्कारसँग जोड्ने उद्देश्यले यही माघ १३, १४ र १५ काठमाडौँस्थित दशरथ रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शेर्पाले बताए।

तीन दिने प्रतियोगितामा सङ्घले सबै समूह सहभागी, आमन्त्रित अतिथि र स्वयम्सेवकलाई खानासहित आवासको सुविधा उपलब्ध गराउने सङ्घका सदस्य नारायण पाण्डेले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने समूहले  तीन लाख ५० हजार, दोस्रो हुनेले  एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। रासस

प्रकाशित: १० माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १० माघ २०८०, बुधबार