ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत, इन्धनको रुपमा प्रयोगको बाटो खुल्यो

  • Technology Khabar | ४ माघ २०८०, बिहीबार
ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत, इन्धनको रुपमा प्रयोगको बाटो खुल्यो

काठमाडौं ।

सरकारले ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको यहि माघ ३ गते बसेको बैठकले गरेको सो निर्णयबाट नेपालमा वैकल्पिक ऊर्जाको विकास र प्रयोग गर्ने बाटो खुलेको छ।

कार्वन उत्सर्जनलाई घटाउन र वातावरण मैत्री उर्जाको प्रयोगमा बढावा दिनका लागि ग्रिन हाइड्रोजन उत्पादनको लहर विश्वभर चलेका बेला नेपाल सरकारले पनि यो नीति ल्याएको हो।

हाल काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादनको अध्ययन र अनुसन्धान गर्दैछ।

यो खनिज इन्धनको तुलनामा तीनचार गुणा बढी शक्तिशाली हुन्छ र यसले कार्बन उत्सर्जन गर्दैन। यसलाई हरित ऊर्जाका रूपमा लिइन्छ।

नेपाल विद्युत प्राधिकरणले पनि हाइड्रोजन प्लान्ट स्थापना गर्ने योजना अगाडि सारिसकेको छ।

काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजन उत्पादनका साथसाथै गाडीमा पनि यसको परीक्षण गरिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले केहि समयअघि आफूले भविश्यमा ग्रिन हाइड्रोजनबाट संचालन हुने गाडी मात्र चढ्ने घोषणा गरेका थिए। जसअनुसार सरकारले परीक्षणको लागि गाडी समेत आयात गरिसकेको छ।

काठमाडौं विश्वविद्यालयले सोही गाडीमा ग्रिन हाइड्रोजनको प्रयोग बारेमा परीक्षण गरिरहेको छ।

प्रकाशित: ४ माघ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार