
काठमाडौं ।
भारतीय अडियो कम्पनी बोल्टको उत्पादन नेपालमा उपलब्ध हुने भएको छ। बोल्ट अडियो एसेसरिज नेपालमा बिक्री वितरण गर्नका लागि शंखर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालि र बोल्ड अडियो कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको यस विषयमा जानकारी राख्ने स्रोतले टेक्नोलोजीखबरसँग बताए।
जगदम्बा मोबाइल्सले माघदेखि नेपालमा बोल्टका उत्पादन बिक्री गर्ने योजना बनाईरहेको छ।
विशेषगरी अडियो ग्याजेटहरु उत्पादन गर्दै आइरहेको बोल्टको स्मार्टवाच, एयर फोन, नेक ब्यान्ड, स्पीकरलगायत एसेसरिज नेपालमा बिक्री गरिनेछ।
२०१७ मा वरुण गुप्ताले बोल्ट अडियो कम्पनी भारतमा स्थापना गरेका थिए।
बोल्टका उत्पादनहरु हालसम्म २ करोड भन्दा बढी उत्पादन बिक्री भइसकेको कम्पनीको आधिकारिक वेबसाइटमा देखिन्छ।
पछिल्लो समय अडियो एसेसरिजहरुको माग तीब्र गतिमा बिक्री भइरहेको छ। बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थित जनाइरहेको छ। नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ।
प्रकाशित: २५ पुष २०८०, बुधबार