शाओमीद्वारा भारतमा १०० दिन भित्रै ३० लाख युनिट रेडमी १२ बिक्री

  • Technology Khabar | १ मंसिर २०८०, शुक्रबार
शाओमीद्वारा भारतमा १०० दिन भित्रै ३० लाख युनिट रेडमी १२ बिक्री

काठमाडौं ।

शाओमीको नवीनतम फ्ल्यागशिप मोडल शाओमी १४ सिरिज हटकेक जस्तै बिक्री भइरहेको छ भने यसले कम्पनीको समग्र मूल्याङ्कन बढाउन मद्दत गरेको छ। कम्पनीको सफलता चिनियाँ बजारमा मात्र भने सीमित छैन्।

रेडमी १२ फाइभजी र रेडमी १२ फोरजी मोडलहरू समावेश रहेको शाओमीको रेडमी १२ सिरिजले भारतमा बिक्रीको उल्लेखनीय कोसेढुङ्गा हासिल गर्नुका साथै यस सिरिज लन्च भएको १०० दिनभन्दा कम समयमा ३० लाख युनिटहरू बिक्री गरेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

शाओमी इन्डियाले आफ्नो आधिकारिक एक्स (पूर्व–ट्विटर) खातामा आफ्ना ग्राहकहरूको विश्वास र वफादारीको लागि कृतज्ञता व्यक्त गर्दै यस उपलब्धिको खुशियाली मनाएको छ।

भारतीय बजारमा रेडमी १२ को ४जीबी भेरियन्टको मूल्य ९,२९९ भारु बाट सुरु हुन्छ भने रेडमी १२ फाइभजीको ४जीबी भेरियन्टको मूल्य ११,९९९ भारु बाट सुरु हुन्छ।

प्रकाशित: १ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार