
काठमाडौं ।
ओभरहिटिङ्ग समस्याले ग्रस्त रहेको आईफोन १५ सिरिजको उक्त समस्यालाई एप्पलले स्वीकार गरेर केहि अपडेट जारी गरेको थियो।आईओएस १७ मा कमजोर सफ्टवेयर अप्टिमाइजेसनका कारण आईफोन १५ सिरिजमा सो समस्या उत्पन्न भएको उल्लेख छ। आईओएस १७.०.३ को रिलीज सँगै उक्त समस्या धेरै हदसम्म कम भएको उल्लेख छ।
यद्यपी एप्पलले अर्को वर्षको आईफोन १६ सिरिजको लागि भने हार्डवेयर समाधान खोजेको छ।
नयाँ चर्चाअनुसार, एप्पलले आईफोन १५ मा रहेको कपर हिट सिंकलाई आईफोन १६ को लागि ग्राफिन सलुसनको साथ प्रतिस्थापन गर्न सक्रिय रूपमा विचार गरिरहेको छ। ग्राफिनले कपर (तामा) को तुलनामा उच्च थर्मल कन्डक्टिभिटी प्रदान गर्दछ भने अर्को वर्षको आईफोनहरूमा उल्लेखनीय अपग्रेड हुनेछ। राम्रो तवरले हिट ट्रान्स्फर र कुलिङ्गलाई बढावा दिनको लागि भनेर ब्याट्रीको लागि नयाँ मेटल ब्राकेट हासिङ्गसँग ग्राफिन हिट सिंकलाई जोडिने उल्लेख छ।
यद्यपी यो अझै पनि प्रारम्भिक अफवाह भएकाले यसलाई सामान्य रूपमा लिनको लागि जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: १ मंसिर २०८०, शुक्रबार