वानप्लस सिक्स आउँदै, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज

  • Technology Khabar | २१ चैत्र २०७४, बुधबार
वानप्लस सिक्स आउँदै, ८ जीबी र्याम र २५६ जीबी स्टोरेज

काठमाडौं ।

काठमाडौं । वानप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस सिक्स (Oneplus 6) छिटै सार्वजनिक हुने तयारीमा छ । यसको लागि कम्पनीले निकै कामहरु गरिसकेको कम्पनीका को फाउन्डर कार्ल पीले विभिन्न सूचना मार्फत जानकारी दिईरहेका छन् ।

कम्पनीको नयाँ फोन वानप्लस ६ यसअघि पनि वाईफाई सर्टिफिकेसनको लागि साइटमा देखिएको थियो ।

वानप्लसको नयाँ फ्ल्यागशिप फोनमा क्वालकम स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने यसमा फ्रन्ट नोच पनि रहेको छ ।

यो फोन एन्ड्रोयड ओरियो ८.१.० भर्सनमा संचालन हुन्छ भने यसमा ड्यूल ब्याण्ड वाईफाई रहेको छ ।

फोनमा ८ जीबी र्याम तथा २५६ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने यसमा ६.२ इन्चको डिस्प्ले हुने अनुमान गरिएको छ ।

त्यसैगरि यसको क्यामराले फोरके भिडियो खिच्न सक्ने यसको फोरममा जानकारी दिईएको छ ।

वानप्लस सिक्सको लागि विशेष टिमले काम गरिरहेको पनि बताईएको छ ।

वानप्लसको ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ४ हजार २ सय ९९ यूआन हुनसक्ने र ६ जीबी र्याममा पनि नयाँ फोन आउने बताईएको छ।

माध्यम

प्रकाशित: २१ चैत्र २०७४, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार