सोनीको सानो प्लेस्टेशन ५ कन्सोल सार्वजनिक

  • Technology Khabar | २५ आश्विन २०८०, बिहीबार
सोनीको सानो प्लेस्टेशन ५ कन्सोल सार्वजनिक

काठमाडौं ।

सोनीले अपडेटेड भर्सन प्लेस्टेशन ५ कन्सोल सार्वजनिक गरेको छ। सोनी प्लेस्टेशन ५ कन्सोल पहिलो पटक तीन वर्ष अघि २०२० मा लन्च गरिएको थियो।

परिमार्जित मोडेलहरू प्लेस्टेशन उत्पादन लाइफसाइकल समान छन्। नयाँ कन्सोलमा मुख्य रूपमा डिजाइन र डाइमेन्सनमा ध्यान केन्द्रित गरिएको छ।

नयाँ प्लेस्टेशन छ र प्लेस्टेशन छ डिजिटल एडिसन मोडेलहरू प्रत्येक डाइमेन्सनमा साना छन्।

सोनीले नयाँ २०२३ मोडलहरू अघिल्लो मोडलहरूको तुलनामा भोल्युममा ३० प्रतिशत र तौलमा १८ प्रतिशत र समग्रमा २४ प्रतिशतले घटाएको दाबी गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

अघिल्लो मोडल र हालको मोडलको भिन्नता तल तस्बिरमा देखाइएको छ।

सोनीले रिमूभएबल प्यानलको डिजाइन पनि परिवर्तन गरेको छ। अब दुईको सट्टा अब चार हिस्सा छन्, दुई ओटा माथिल्लो भागमा चमकदार फिनिश र तल्लो हिस्सामा म्याट छ।

विगतको जस्तै सोनीले ह्वाइटमा मात्र कन्सोल बिक्री गर्छ। अन्य कलरको प्लानल छुट्टै किन्नु पर्छ। कम्पनीले २०२४ को सुरुवातमा ५५ अमेरिकी डलरमा अल–म्याट ब्ल्याकका साथै पहिला घोषणा गरिएको डीप अर्थ कलेक्शन रङहरू (भोल्केनिक रेड, कोबाल्ट ब्लू र स्टर्लिङ सिल्भर) प्रस्ताव गर्नेछ।

प्लनलमध्ये एक नयाँ अल्ट्रा एचडी ब्लू रेड ड्राइभको पहुँचमा खुल्छ। जुन नयाँ कन्सोलमा हटाउन सकिन्छ। ड्राइभ छुट्टै किन्न सकिन्छ र यदि पहिलाको ड्राइभ केही कारणले असफल भएमा डिस्क फक्सानाबिलिटी प्राप्त गर्नका लागि यसलाई आफ्नो डिजिटल भर्सन कन्सोलसँग जोड्न सकिन्छ। अल्ट्रा एचडी ब्लू–रे डिस्क ड्राइभ छुट्टै ८० अमेरिकी डलरमा बेचिनेछ र नयाँ कन्सोलहरूसँग मात्र उपयुक्त हुन्छ।

नयाँ कन्सोल नयाँ स्ट्यान्डको साथ आउँछ। तथापि, यो स्ट्यान्डले होरिजोन्टल (तेर्सो) मोडमा कन्सोललाई समर्थन गर्न मात्र काम गर्छ।

नयाँ पीएस५ १ टेराबाइट स्टोरोजमा उपलब्ध छ। अघिल्लो मोडलमा ८२५ जीबी स्टोरेज थियो। सोनीले उपलब्ध गराएको विवरण अनुसार अन्य सबै इन्ट्रर्नल स्पेसिफिकेसन समान देखिन्छ।

जबकि स्ट्यान्डर्ड मोडलको मूल्य अझै ५०० अमेरिकी डलर छ भने डिजिटल भर्सनको मूल्य ५० अमेरिकी डलरले बढेर ४५० अमेरिकी डलर पुगेको छ।

नयाँ भेरियन्टहरू नोभेम्बरमा अमेरिका र त्यसपछिका महिनाहरूमा विश्वव्यापी रूपमा बिक्रीका लागि उपलब्ध हुनेछ।

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार