
काठमाडौं ।
ह्वावेले नोभा ११ एसई र नोभा १२ नामक दुई आगामी स्मार्टफोन सिरिजमा काम गरिरहेको छ। साथै नोभा ११ एसई हालै मात्र टीईएनएनए डाटाबेस मार्फत पार भएको र सोही क्रममा केही प्रमुख स्पेसिफिकेसन्स पनि खुलासा भएको उल्लेख गरिएको छ।
यस डिभाइसमा शक्तिशाली १०८ मेगापिक्सेलको रियर क्यामरा समावेश गरिने अनुमान गरिनुका साथै फोरजी कनेक्टिभिटीलाई समर्थन गर्ने अज्ञात चिपसेट पनि रहने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
हुवावे नोभा १२ सिरिजमा किरिन चिपसेट
त्यसैगरी नोभा १२ सिरिजमा दुबै फाइभजी र नन्–फाइभजी भेरियन्टहरू समावेश हुनेछन्। किरिन चिपसेटहरू प्रयोग हुने अपेक्षा गरिएको हुनाले उक्त डिभाइसहरूले फाइभजी कनेक्टिभिटीलाइ समर्थन गर्नु स्वाभाविक हुनेछ। त्यस्का साथै विदेशी बजारहरूमा नोभा १२ सिरिज फरक प्रोसेसरको साथ लन्च गरिने उल्लेख छ भने ती क्षेत्रहरूमा नन्–फाइभजी भर्सनका स्मार्टफोनहरू प्रस्तुत गरिने सम्भावना रहेको जनाइएको छ।
प्रो भर्सनमा स्याटेलाइट कम्युनिकेशन र स्टार फ्ल्यास टेक्नोलोजी जस्ता फ्ल्यागशिप–लेभल फिचर्स समावेश हुने अपेक्षा गरिएको छ।
यस अघिका लीकहरूका अनुसार स्ट्याण्डर्ड नोभा १२ ले दोस्रो पुस्ताको कुनलुन कर्भड ग्लास स्क्रिनलाई १२०हर्ज रिफ्रेस रेटको साथ प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। साथै यसमा किरिन ८३० चिपसेट समावेश गरिने सम्भावना भएको र यसमा प्रभावशाली रियर क्यामरा सेटअप पनि रहने उल्लेख गरिउको छ। उक्त रियर क्यामरा सेटअपमा ५० मेगापिक्सेलको अल्ट्रा सेन्सिङ लेन्स, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको वाइड–एंगल म्याक्रो लेन्स समावेश रहेको जनाइएको छ।
त्यसैगरी सेल्फी खिच्नको लागि फ्रन्ट–फेसिङ्ग क्यामरामा ६० मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल लेन्स रहने उल्लेख गरिएको छ। डिभाइसमा ४,८००एमएएच ब्याट्री रहने अपेक्षा गरिएको छ भने ब्याट्रीले ८८ वाट वायर्ड (तार) फास्ट चार्जिङ पनि समर्थन गर्ने उल्लेख गरिएको छ।
अर्कोतर्फ, नोभा १२ प्रो १२० हर्ज रिफ्रेस रेट सहितको दोस्रो पुस्ताको कुनलुन कर्भ ग्लास स्क्रिनको साथ आउने उल्लेख छ। यस डिभाइसमा किरिन ९०००एस चिपसेट समावेश गरिने उल्लेख गरिएको छ। साथै नोभा १२ प्रो ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्सेलको वाइड–एंगल म्याक्रो लेन्स सहितको रियर क्यामरा सेटअपले सुसज्जित हुने सम्भावना चएको उल्लेख गरिएको छ।
यसको स्ट्याण्डर्ड काउन्टरपार्ट (मानक समकक्ष) जस्तै नोभा १२ प्रोले सेल्फीहरूको लागि ६० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ। त्यसैगरी यसमा केही ठूलो ४,९००एमएएच ब्याट्री फिचर गरिने र अल्ट्रा–फास्ट १०० वाट वायर्ड चार्जिङलाई समर्थन गर्न सक्ने उल्लेख गरिएको छ।
नोभा १२ सिरिजको डेब्यू अर्को महिना हुने अनुमान गरिएको छ भने नोभा ११ एसई यस महिनाको अन्तमा बजारमा आउने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार