चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको एक्स१०० प्रोमा स्याटेलाइट कनेक्टिभिटी हुने अनुमान

Technology Khabar १९ आश्विन २०८०, शुक्रबार

काठमाडौं ।

स्मार्टफोनहरूमा स्याटेलाइट कनेक्टिभिटीलाई अर्को ठूलो फिचरको रुपमा लिइएको छ र लीकस्टर ह्वाईल्याबको नयाँ रिपोर्टका अनुसार आगामी भिभो एक्स१०० प्रोमा स्याटेलाइट मेसेजिङ (भूउपग्रह सन्देश) फिचर हुनसक्ने उल्लेख गरिएको छ।

चीनको मिनिस्ट्रि अफ इन्डस्ट्रि एण्ड इन्फर्मेसन टेक्नोलोजी (एमआईआईटी) ले भर्खरै मात्र एक्स१०० प्रो (भी२३०९ए मोडल नम्बर) प्रमाणित गरेको छ भने टु–वे स्याटेलाइट मेसेजिङ्ग (दुई तर्फी स्याटेलाइट सन्देश) लाई स्पेक शीटमा थप चाखलाग्दो फिचर्स मध्ये एकको रुपमा उल्लेख गरेको जनाइएको छ।

नयाँ रिपोर्टकाअनुसार एक्स१०० प्रो ले वाईफाई वा सेलुलर कनेक्टिभिटी नभएको क्षेत्रमा पनि टेक्स्ट, पिक्चर्स, भ्वाइस रेकर्डिङ्गस् र भिडियोहरू पठाउन र प्राप्त गर्न सक्षम हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

नयाँ रिपोर्टको आधारमा एक्स१०० प्रोमा मिडियाटेकको डाइमेन्सिटी ९३०० चिपसेट र छुट्टै युनिसोक भी ८८२१ चिप समावेश गरिने छ भने यसले स्याटेलाइट कनेक्टिभिटीलाई ह्यान्डल गर्ने उल्लेख छ। अघिल्लो रिपोर्टहरूले भने एक्स१०० प्रोले ५३ मेगापिक्सेल १/१.४३” मुख्य सेन्सर फिचर गर्ने सुझाव दिएको उल्लेख छ।

मुख्य शूटरमा २ एक्स अप्टिकल जुम सहितको ५० मेगापिक्सेल (आईएमएक्स७५८) पोर्ट्रेट लेन्सका साथै ०.७ माइक्रोमिटर नेटिभ पिक्सेल र एफ/२.५ एपर्चरसहितको १००मिमी बराबरको लेन्स भएको ६४ मेगापिक्सेल (ओम्निभिजन ओभी६४बी) पेरिस्कोप मोड्युल रहने उल्लेख छ।

भिभो एक्स१०० सिरिजमा एक्स१०० देखि एक्स१०० प्रो प्लस सम्मका तीन मेम्बर्सको साथ अर्को महिना चीनमा लन्च हुने अफवाह रहेको छ।

प्रकाशित: १९ आश्विन २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया