
काठमाडौं ।
ह्वावेको नवीनतम फाइभजी चिपसेट किरिन ९०००एस कम्पनीको फ्ल्यागसिप ह्वावे मेट ६० स्मार्टफोनहरूमा समावेश गरिएको छ। यस चिपको बारेमा हाल धेरै चर्चाहरु सार्वजनिक भएका छन र यो चिपसेट कसरी विकास भयो भन्नेमा आशंका गरिएको छ।
कम्पनीले यस प्रकारको चिपसेट कसरी ल्याउन सफल भयो भन्ने बारेमा ह्वावेको फाइभजी चिपसेटले संसारलाई चकित पारेको छ।
अमेरिकाले ह्वावेलाई किरिन ९०००एस जस्ता उन्नत चिपहरू उत्पादन गर्न आवश्यक प्रविधिहरूमा पहुँच गर्न प्रतिबन्ध लगाएको छ। यद्यपी चिनियाँ कम्पनीले भने यो उपलब्धि हासिल गर्न सफल भएको र यसको लागि कम्पनीले १४एनएम चिपसेटलाई नै परिमार्जन गरेको गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।
किरिन ९०००एस रहस्यमयी
टोकियोस्थित इलेक्ट्रोनिक्स रिसर्च (अनुसन्धान) फर्म फोमालहाउट टेक्नो सोलुसनका सीईओ मिनाटेक मिचेल कासियोले साउथ चाइना मर्निङ पोष्टसँग आफ्नो विचार साझा गर्दै किरिन ९०००एस सीपीयू एसएमआईसी को १४–एनएम प्रक्रिया प्रयोग गरेर निर्माण गरिएको बताएका छन्। उनले यसलाई तिनीहरुको ह्यान्डसेट टियरडाउनको आफ्नै विश्लेषणद्वारा निर्धारण गरेको उल्लेख गरे।
यसलाई ७–एनएम ग्रेड प्रोसेसरको स्तरमा ल्याएर चिपको कार्यसम्पादन बढाउनका लागि केही विशेष प्रविधिहरू समावेश गरिएको उनले बताए।
‘प्रोसेस नोड’ जति सानो हुन्छ त्यति नै राम्रो प्रोसेसर हुने उल्लेख गरिएको छ। त्यसैले ७ एनएम प्रोसेसर १४ एनएम प्रोसेसर भन्दा राम्रो हुन्छ। साथै सानो प्रोसेस नोडले निर्माताहरूलाई चिपमा अधिक ट्रान्जिस्टरहरू राख्न अनुमति दिने भएकाले यस्तो हुने जनाइएको छ।
काशियोको खोजले किरिन ९००० एस एसएमआईसीको ७ एनएम (एन+२) प्रक्रियामा बनाइएको भन्ने टेकइन्साइट्सको दावीलाई खण्डन गरेको रिपोर्टमा उल्लेख छ। यद्यपि, उनले १४ एनएम प्रोसेसरलाई ७ एनएम नजिक ल्याउन ह्वावे वा एसएमआईसीद्वारा प्रयोग गरिएका प्रविधिहरूबारे विस्तृत जानकारी भने दिएका छैनन्।
किरिन ९०००एसमा हाइपर–थ्रेडिङ समर्थनको साथ एक अक्टा कोर सीपीयू फिचर गर्दै चिपसेटलाई यस्तो गर्ने पहिलो एआरएम चिप बनाएको उल्लेख छ। यसमा २.६२ गीगाहर्जमा क्लक्ड गरिएको प्राइम कोर, २.१५ गीगाहर्जमा तीन मेडियन कोर र चार इफिसेन्सी कोरहरू समावेश गरिएको रिपोर्टमा भनिएको छ।
प्रकाशित: १८ आश्विन २०८०, बिहीबार