इक्यानले सफ्टएड ग्रुपमा सूचना प्रविधि विषयमा ५० विद्यार्थीलाई छात्रवृत्ति दिलाउने

  • Technology Khabar | १६ आश्विन २०८०, मंगलवार
इक्यानले सफ्टएड ग्रुपमा सूचना प्रविधि विषयमा ५० विद्यार्थीलाई छात्रवृत्ति दिलाउने

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को स्टडी इन नेपालअभियान अन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टएड ग्रुप अन्तर्गत सनवे कलेजसँग पचास जना नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ।

यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा छात्रबृत्ति प्रदान गर्न आज एक कार्यक्रमका बिच सम्झौता गरिएको छ।

कलेजले स्नातक स्तरको विद्यार्थिहरुलाइ बि.एस्सी. अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सको लागि छात्रवृत्ति प्रदान गर्नेछ। यस कोर्स अन्तर्गत विभिन्न विधा पर्दछन् जस्तै डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ्ग, साइबरसेक्युरिटी, क्लाउड कम्प्युटिङ्ग, प्रोग्रामिङ्ग सफ्टवेयर इन्जिनियरिङ्ग, इन्नोभेसनका साथै १ वर्ष तोकिएको व्यवसायीक प्लेसमेन्ट पनि संलग्न गरिएको छ।

उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी २ जनालाई पूर्ण र ४८ जनालाई आँशिक छात्रवृत्ति दिने भएको छ। आँशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउने छन्।

पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस २ मा ३.६० जिपिए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लस २ मा ३.५० जिपिए ल्याएको हुनुपर्नेछ भने ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस २ मा ३.० जिपिए ल्याउनु पर्ने एवम आइएलटीएसमा कम्तिमा समग्रमा ६ स्कोर ल्याएको हुनुपर्ने जनाएको छ।

सो अवसर प्राप्त गर्न चाहने विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मार्फत भर्न सक्नेछन भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३ तारिखसम्म र मार्च सेसनका निमित्त फेब्रुअरि १८ सम्म तय गरिएको जानकारी दिएको छ।

प्रकाशित: १६ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...