
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नै सीएमओएस ईमेज सेन्सर विकास गर्नको लागी आफ्नै उद्यमको थालनी गरेको छ। साथै प्रतिबन्धहरुले ट्रिगर गरेको यस कदमले ह्वावे र यसको लेन्स आपूर्तिकर्ता सोनी बीच मतभेद निम्त्याएको उल्लेख छ।
चिनियाँ सामाजिक संजाल वेइबो टिप्स्टरकाअनुसार वेफरदेखि चिप सम्म फैलिएको विकास प्रक्रियामा धेरै नवीन परिवर्तनहरू समावेश गरिएको र विशेष गरी एपिटेक्सियल लेयरहरूसँग सम्बन्धित थिनिङ्ग स्टप लेयर्स समावेश रहेको छ।
यी आविष्कारहरूले प्रचलित ब्याक–इलुमिनेटेड (बीएसआई) प्रविधिसँग कम्प्याटिबल इनएबल गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
नयाँ सीएमओएस सेन्सर सिर्जना गर्ने कारण
ह्वावे माथि प्रतिबन्ध लगाइएसँगै ईमेज सेन्सर्सको मुख्य आपूर्तिकर्ता सोनीले तिनीहरूको ढुवानी रोकेको र यसले दुवै कम्पनीहरूलाई असर पारेको थियो। सोनीले आपूर्ति पुनः सुरु गर्न अनुमति मागे तापनि ह्वावेसँगको सम्बन्ध पहिले नै तनावपूर्ण स्थितिमा रुपान्तरण भएको थियो। फलस्वरूप, ह्वावेलाई सीएमओएस बिक्री निलम्बनका कारण सोनीको वार्षिक राजस्वमा बिलियन डलरको गिरावट आएको उल्लेख छ।
यो उद्यम ह्वावेको लागि मात्र एक्सक्लुसिभ नभएर चीनका धेरै घरेलु निर्माताहरूले पनि आफ्नै सीएमओएस सेन्सर्सको विकासको खोजी गरिरहेको उल्लेख गरिएको छ।
गत वर्ष जनवरीमा, सीईएस २०२२ मा अर्को चिनियाँ ब्रान्ड ओम्निभिजनले २००–मेगापिक्सेलको सीएमओएस सेन्सरको अनावरण गरेको थियो र त्यसलाई ओभीबीओबी भनिने गरिएको छ। यसमा १६३८४×१२२८८ पिक्सेलको रिजोल्युसन समेटिएको छ भने ०.६१ माइक्रोमिटर्सको रुपमा विश्वको सबैभन्दा सानो पिक्सेल साइजको रेकर्ड पनि कायम राखेको र ठूलो १/१.२८–इन्च सेन्सर साइज फिचर गरिएको उल्लेख छ। साथै यसले १६ः१ बिनिङ पछि १२.५ मिलियन पिक्सेल आउटपुट गर्न सक्ने र यो २.४४ माइक्रोमिटर्स बराबर भएको बताईएको छ।
आगामी पी ७० सिरिज वा मेट ७० सिरिजमा ह्वावेको नयाँ सेल्फ–डेभलप्ड (स्व–विकसित वा आफैँले निमार्ण गरेको) सीएमओएस ईमेज सेन्सर प्रस्तुत गर्न सक्ने अनुमान गरिएको हुनाले हालै लन्च गरिएको ह्वावे मेट ६० सोनी सेन्सरहरू प्रयोग गर्ने अन्तिम स्मार्टफोनहरू मध्येको हुन सक्ने उल्लेख गरिएको छ।
किरिन ९०००एस जस्ता आविष्कारहरू सहित स्व–विकसित वा आफैँले निमार्ण गरेको सीएमओएस प्रविधिमा हुवावेको उद्यमले कम्पनीको उत्पादन लाइनमा आशाजनक प्रगतिहरू ल्याउँदै कम्पनीको लागि महत्त्वपूर्ण कदमलाई प्रतिनिधित्व गर्ने छ।
प्रकाशित: १७ आश्विन २०८०, बुधबार