राजापुर नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा

  • Technology Khabar | १७ आश्विन २०८०, बुधबार
राजापुर नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा

काठमाडौं ।

नगरवासीलाई सहज र सरल तरिकाबाट जानकारी तथा सेवा दिन राजापुर नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ।

मोबाइल एप्स सञ्चालनमा आएपछि नगर वासीले सहज र सरल तरिकाबाट सूचना पाउनुका साथै सेवाग्राहीको समयको बचत हुने विश्वास लिएको नगर प्रमुख दिपेश थारूले बताए।

राजापुर एकीकृत एप्स नामक मो बाइल एप्समा नगरपालिका तथा वडाको जानकारी, गतिविधि, समाचार, नागरिक बडापत्र, सिफारिस, परियोजना निगरानी प्रणाली, आपत्कालीन नम्बर, नगर पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव, जिज्ञासा, गुनासो राख्न मिल्ने व्यवस्था मिलाइएको नगर प्रमुख थारूले जानकारी दिए।

प्रकाशित: १७ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार