सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको डिजाइन सीएडी रेन्डर्समा देखियो

  • Technology Khabar | १६ आश्विन २०८०, मंगलवार
सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको डिजाइन सीएडी रेन्डर्समा देखियो

काठमाडौं ।

अगामी सामसङ ग्यालेक्सी एस२४ अल्ट्राको प्रारम्भिक अनुमानित डिजाइन लीक भएको छ। यस अघि एटदरेट अनलीक्ससँगको सहकार्यमा स्मार्टप्रिक्सले ग्यालेक्सी एस२४ को डिजाइन प्रस्तुत गरेको थियो।

अगामी ग्यालेक्सी एस२४ अल्ट्रा हालको ग्यालेक्सी एस२३ अल्ट्रा जस्तै देखिने रिपोर्टहरूले संकेत गरेजस्तै सीएडी–आधारित रेन्डरहरूले फोनको पूर्ण डिजाइन प्रस्तुत गरेको उल्लेख छ।

फोनको पछाडिको भागमा सेम अरेन्जमेन्टमा चार ओटा क्यामराहरू समावेश गरिएको र फ्ल्याट टप्स र बटम्सका साथ हल्का कर्भड् साइड फ्रेम सहित तिनीहरुको लगभग उस्तै रेक्ट्याङ्गगुलर सेप (आयताकार आकार) रहेको छ।

फोनको अगाडिको भागमा फ्ल्याटर स्क्रीन एज (समथल स्क्रीन किनारा) रहेको र उक्त कर्भ एस२३ अल्ट्राको भन्दा कम भएको उल्लेख छ।

सामसङले बेजेलहरू घटाएको हुनाले अब फोनमा सबैभन्दा साँघुरो बेजेलहरू हुने रिपोर्टले भनेका छन्। साथै तिनीहरू सिमेट्रिकल हुने भएकाले अब बटम (तल) को बेजेल अन्ततः बाँकीसँग मेल खाने दाबी छ।

रिपोर्टमा सामसङले फोनको निर्माणमा टाइटेनियम अलोए समावेश गर्नेछ। परिणामस्वरूप फोनको तौल २३३ ग्राम हुनेछ र यो हालको मोडल भन्दा १ ग्राम हल्का हुने उल्लेख गरिएको छ।

साथै ग्यालेक्सी एस२४ अल्ट्राको मापन १६२.३ x ७९ x ८.७ मिमी रहने छ भने यसले फोनलाई एस२३ अल्ट्रा भन्दा छोटो तर चौडा बनाउनेछ भनी रिपोर्टले थप जनाएको उल्लेख छ।

यस्तैगरी समसङले आगामी फ्ल्यागशिपमा अल्ट्रा–वाइडब्यान्ड एन्टेना थप्ने जस्तो देखिएको रिपोर्टमा भनिएको छ।

प्रकाशित: १६ आश्विन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार