काठमाडौं ।
चिनियाँ उपकरण निर्माता ह्वावेले नयाँ मेटप्याड प्रो १३.२ ट्याब्लेट लन्च गरेको छ। लचिलो ओएलईडी प्यानल भएको यो संसारको पहिलो ट्याब्लेट भएको कम्पनीको दाबी छ। यसको स्क्रिन रिजोल्युसन २,८८०x१,९२० पिक्सेल छ। यो १,००० निट्सको उच्चतम चमक र ३:२ को एक आस्पेक्ट रेशियोसंग आउँछ।
यसको अगाडि एज-टु-एज स्क्रिन डिजाइन छ, जबकि पछाडि पातलो डिजाइनको साथ गोलाकार क्यामरा मोड्युल छ। ह्वावे मेटप्याड प्रो १३.२ मा किरिन ९००० एस चिपसेट छ। यो चिपसेट कम्पनीको फ्ल्यागशिप मेट ६० स्मार्टफोन सिरिजमा पनि प्रयोग गरिएको छ। यसमा १६ जीबी र्याम र १ टीबी इन्टरनल स्टोरेज छ।
कम्पनीले यस ट्याब्लेटमा कुलिङ मेकानिजमलाई राम्रो राख्नमा जोड दिएको छ। यसमा ५२००० एम㎡ ग्रेफाइट तातो अपव्यय र भीसी लिक्विड कूलिंगको लागि रहेको छ। यसको १०,१०० एमएएच शक्तिशाली ब्याट्रीले ८८ वाट फास्ट चार्जिङलाई समर्थन गर्दछ। यसलाई ४० मिनेटमा ८५ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसलाई पूर्णरूपमा चार्ज गर्न ६५ मिनेट लाग्छ।
यस ट्याब्लेटमा स्पेसियल अडियो र ह्वावे साउन्डको लागि समर्थन सहित ६ डुअल-च्यानल स्पिकरहरू छन्। यसको अगाडि १६ मेगापिक्सेलको टीओएफ सेन्सर र रियरमा १३ मेगापिक्सेल र ८ मेगापिक्सेलको डुअल क्यामेरा सेटअप छ।
यससँगै कम्पनीको तेस्रो जेन एम-पेन स्टाइलस उपलब्ध छ। यसमा स्टारलाइट प्रविधि प्रयोग गरिएको छ। यसको अगाडि न्यूनतम बेजेल र पातलो डिजाइन छ। यसको वजन मात्र ५८० ग्राम छ। ह्वावेले यो साइजको सबैभन्दा पातलो र हल्का ट्याब्लेट भएको दाबी गरेको छ।
प्रकाशित: १४ आश्विन २०८०, आईतवार