बीवाईडीले ल्यायो ६२१ माइल रेञ्जको नयाँ याङ्गवाङ्ग यू८ इलेक्ट्रिक एसयूभी, ३० मिनेटसम्म पानीमा तैरिने

  • Technology Khabar | ७ आश्विन २०८०, आईतवार
बीवाईडीले ल्यायो ६२१ माइल रेञ्जको नयाँ याङ्गवाङ्ग यू८ इलेक्ट्रिक एसयूभी, ३० मिनेटसम्म पानीमा तैरिने

काठमाडौं ।

चीनको शीर्ष विद्युतीय सवारी उत्पादक कम्पनी बीवाईडीले आफ्नो नयाँ याङ्गवाङ्ग यू८ प्रिमियम एडिशन लन्च गरेको छ।

कम्पनीको हाई–इन्ड सब–ब्रान्ड याङ्गवाङ्ग अन्तर्गत लन्च गरिएको यू८ को मूल्य १ लाख ५० हजार अमेरिकी डलर रहेको र यसमा साइन्स फिक्सनबाट लिएको जस्तो देखिने फिचर्सहरू पनि प्याक गरिएको छ।

फ्लोटिङ्ग फिचर

अफ–रोडमा चलाउने गर्ने क्रममा अचानक फ्ल्याश फ्लड (बाढी) मा परेको अवस्थामा यो नयाँ यू८ भेहिकल ३० मिनेटसम्म पानीमा तैरिन सक्ने उल्लेख छ। साथै यो फिचर विशेष गरी फ्ल्याश फ्लड (बाढी) जस्ता आपतकालीन अवस्थाका लागि डिजाइन गरिएको जनाइएको छ। यद्यपी बीवाईडीले रमाइलोको लागि भनेर यो सुविधा (फ्लोटिङ्ग फिचर) लाई परीक्षण नगर्नका लागि स्पष्ट रुपमा बताएको छ।

धेरैजसो लक्जरी एसयूभीहरू आफ्नो पर्फमेन्स वा अप्युलेन्ट इन्टेरियर्स (प्रदर्शन वा भव्य इन्टेरियर्स) का लागि परिचित रहने गरेका छन्। तर यू८ भने हरेक क्याटगोरीमा उत्कृष्टताहरू सङ्कलन गर्नका लागि डिजाइन गरिएको देखिएको छ।

फोर–मोटर सिरिज प्लग–इन हाइब्रिड सिस्टमको साथ यस एसयूभीले १,१८० हर्सपावर उत्पन्न गर्ने उल्लेख गरिएको छ। साथै यो नयाँ इलेक्ट्रिक भेहिकल छिटो मात्र नभएर स्मार्ट पनि रहेको उल्लेख गरिएको छ। साथै यसको इ४ प्लेटफर्मले फोर–ह्वील इन्डिपेन्डेन्ट टर्क भेक्टरिङ कन्ट्रोल अफर गर्ने भएकाले एसयूभीलाई जमिन र पानी दुवैमा ट्याङ्क टर्न पर्फम गर्न सक्षम बनाउने उल्लेख गरिएको छ।

एक्सटेन्डेड–रेञ्ज इलेक्ट्रिक भेहिकलको रूपमा यू८ ले ६२१ माइलसम्मको कुल रेञ्ज प्रदान गर्ने उल्लेख गरिएकाृ छ। साथै यसमा ७५–लिटरको फ्यूल ट्याङ्क (इन्धन ट्याङ्की) र ४९ किलोवाट आवर ब्लेड ब्याट्री समावेश गरिएको जनाइएको छ।

त्यसैगरी यसको चार्जिङ ३० देखि ८० प्रतिशतसम्म चार्ज हुनका लागि १८ मिनेट मात्र लाग्ने उल्लेख गरिएको छ। साथै ब्याट्रीले ६ किलोवाट भेहिकल–टु–लोड क्यापसिटि (क्षमता) पनि प्रदान गर्ने भएकाले विस्तारित क्याम्पिङ यात्राहरूमा ग्याजेटहरूको लागि सहयोगी हुनेछ।

याङ्गवाङ्ग यू८ ले मर्सिडीज–बेन्ज जी–क्लास जस्ता प्रतिद्वन्द्वीहरूलाई पछि पार्ने एंगल्स प्रदान गर्ने भएकाले यसलाई वास्तविक अफ–रोडर बनाएको उल्लेख गरिएको छ।

यसमा हाई–इन्ड नाप्पा लेदर सीटहरू, मल्टिपल हाई–टेक डिस्प्लेहरू र फ्रिज पनि समावेश गरिएको उल्लेख छ।

यू८ को चीनमा पहिलो डेलिभरी अर्को महिनादेखि सुरु हुने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: ७ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...