शाओमी १४ स्मार्टफोनमा ९० वाटको चार्जिङ सपोर्ट हुने पुष्टि

  • Technology Khabar | ७ आश्विन २०८०, आईतवार
शाओमी १४ स्मार्टफोनमा ९० वाटको चार्जिङ सपोर्ट हुने पुष्टि

काठमाडौं ।

शाओमी १४ को प्रमाणीकरणले ९० वाट चार्जिङ रेट हुने पुष्टि गरेको छ। शाओमीले २०२३ को अन्त्य हुनु अघिनै १४ श्रृंखला लन्च गर्ने तयारी गरिरहेको छ। कम्पनीले पहिले नै थ्रीसीको प्रमाणपत्र स्मार्टफोनका लागि प्राप्त गरिसकेको छ।

चिनियाँ अनिवार्य प्रमाणीकरण (सीसीसी)ले ९० वाट चार्जिङ समर्थन सहित मोडल नम्बर २३१२७पीएन०सीसी भएको फोनलाई अनुमोदन गरेकाे बताइएकाे छ ,जसलाई भ्यानिला शाओमी १४ भनिन्छ।

स्मार्टफोनको चार्जरमा ६.१-४.५ए मा ५-२० भीको पावर आउटपुट हुनेछ, जुन अधिकतम ९० वाट हो। शाओमी एमडीवाइ-१४-इसी चार्जर त्यहाँ आवश्यक हुनेछ, तर कम्पनीले रिटेल बक्समा एडप्टर प्रदान गर्दछ कि भनेर हेर्न भने बाँकी नै रहेकाे छ।

२०२२ को सुरुमा, शाओमीले शाओमी १३ लाई चार्जरको साथ अन्तर्राष्ट्रिय बजारहरूमा मात्र पठाउने योजना थियो। चीनमा, प्रयोगकर्ताहरूले बक्समा  चार्जर नभएकाले थप्न चाहेको छ कि छैन भनेर छनोट गर्नुपरेकाे बताइएकाे छ।

९० वाट चार्जिङ गति शाओमीको लागी सामान्य नै रहेपनि, भेनिला फ्ल्यागशिपको लागी एक ठूलो कदम हुने उल्लेख छ। अघिल्लो दुई संस्करणहरूमा ६७ वाट वायर्ड चार्जिङ सपोर्ट थियो, जबकि १३ प्रो र १२ प्रो १२० वाटमा गएका थिए।

प्रकाशित: ७ आश्विन २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free voice, data and SMS services in flood-affected areas by 7 days

  • Technology Khabar
  • ७ आश्विन २०८०, आईतवार