ह्वावे मिड रेञ्ज फाईभजी बजारमा पुन प्रवेश गर्न तयार

  • Technology Khabar | ३ आश्विन २०८०, बुधबार
ह्वावे मिड रेञ्ज फाईभजी बजारमा पुन प्रवेश गर्न तयार

काठमाडौं ।

ह्वावेले अक्टोबरमा मिड रेञ्ज फाइभजी फोन बजारमा ल्याउने भएको छ। चीनको आइटी टाइम्सले मंगलबार रिपोर्ट अनुसार टेक्नोलोजी जायन्टले अमेरिकी प्रतिबन्ध पार गरेको अर्को संकेत हो।

२०१९ बाट अमेरिकाले सबैभन्दा उन्नत ह्यान्डसेट मोडेलहरू उत्पादन गर्न आवश्यक पर्ने चिपमेकिङ डिभाइसहरूमा ह्वावेको पहुँचलाई प्रतिबन्धित गरेको छ। कम्पनीले स्टक (भण्डारण) गरिएका चिपहरू प्रयोग गरेर फाइभजी मोडेलहरूको सीमित ब्याचहरू मात्र लन्च गर्न सक्षम छ।

ह्वावेले अक्टोबर वा नोभेम्बरमा आफ्नो मिड–रेन्ज नोभाको फाइभजी भर्सन लन्च गर्न सक्छ, आईटी टाइम्सले औद्योगिक आपूर्ति श्रृंखला स्रोतहरू उद्धृत गर्दै लेखेको छ।

ह्वावेले आईटी टाइम्सको रिपोर्टमा कुनै प्रतिक्रिया नगरेको रोयटर्सले उल्लेख गरेको छ।

गत महिना ह्वावेले तडकभडक विज्ञापन नगरि मेट ६० प्रो स्मार्टफोन रोल आउट गरेको थियो। अनुसन्धान फर्मले ह्वावेले मेट ६० प्रो घरेलु रुपमा निर्भित ७ न्यानोमिटर प्रोसेसरद्वारा सञ्चालित र फाइभजी सक्षम भएको बताएको छ। ह्वावेको यस उपलब्धिलाई चीनको घरेलु चिप इकोसिस्टम निर्माण गर्ने प्रयासहरू पहिलो सफलताको रुपमा लिइएको छ।

ह्वावेको अघिल्लो नोभा मोडेल फोरजीमा मात्र उपलब्ध छ। चीनमा मात्र बिक्रीका लागि उपलब्ध डिभाइसको मूल्य ३२९ अमेरिकी डलर तोकिएको छ। सिमित संख्यामा जारी गरिएको मेट ६० प्रोको मूल्य ६ हजार ९९९ युआन तोकिएको छ।

अर्को हप्ता आयोजना हुने प्रोडक्ट लन्च कार्यक्रममा कम्पनीले मेट ६० प्रोको थप विवरण उपलब्ध गराउने विश्वास गरिएको छ।

प्रकाशित: ३ आश्विन २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार