Technology Khabar २६ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
अनरले दुई हप्ता अघि आईएफएको दौरान बर्लिनमा भी पर्स कन्सेप्ट ल्याएको थियो। आउटवार्ड फोल्डिङ स्मार्टफोन पर्सको रुपमा प्रयोगमा ल्याउन सकिन्छ भन्ने प्रश्नको बिचमा अनरले यसको उत्तर दिएको छ।
लोकप्रिय चिनियाँ अभिनेता याङ याङले फोन बोक्दै घोषणा मिति पुष्टि गरेको देखिएको छ। एनले दर्शकलाई १९ सेप्टेम्बरमा सांघाईमा आयोजना हुने फेसन शोमा यसको साक्षी हुन निमन्त्रणा गरेका छन्। त्यहाँ घरेलु दर्शकका माझ भी पर्स प्रस्तुत गरिनेछ।
निमन्त्रणा र यससँग सम्बन्धित सामाजिक सञ्चाल पोष्टले शो वा प्रस्तुतीकरणको बारेमा कुरा गरेको छ। यहाँ भी पर्सको स्पेसिफिकेशनको सम्बन्धमा कुनै जानकारी उपलब्ध गराइएको छ। भी पर्स सार्वजनिक हुन एक हप्ताको समय अझै बाँकी रहेकाले यस सम्बन्धि थप विवरण उपलब्ध हुनेछ किनभने यो कन्सेप्टबाट कमर्शियल स्माटृफोनमा स्वीच हुने क्रममा छ।
जीएसएमएरिनाले लेखेको छ, हामीले बर्लिनमा अनर भी पर्स हेर्ने (छुने हैन) मौका पाएका थियौं। कन्सेप्ट ह्वावे मेट एक्सएस २ र यसको र्यापराउन्ड डिस्प्ले, क्यामरा र क्लिक–टु–अनफोल्ड बटन जस्तो देखिन्छ।
जीएसएमएरिनाले एक ट्रेन्डी केस पनि देखेको छ जसले गर्दा डिभाइस क्लच जस्तो देखिन्थ्यो।
उक्त समय अनरले वर्षको अन्त्य तिर चीनमा फोन लन्च गर्ने सम्भावना रहेको बताएको थियो तर अहिले त्यो तालिका भन्दा अघि हुँदैछ। यद्यपि यसको लागि अन्तर्राष्ट्रिय लन्चको सम्बन्धमा केही घोषणा गरिएको छैन। सम्भवत यो फोन चीनमा मात्र उपलब्ध हुन सक्छ।
प्रकाशित: २६ भाद्र २०८०, मंगलवार