Technology Khabar १ भाद्र २०७१, आईतवार
काठमाडौं ।
काठमाडौं, १ भदौ । भारतीय मोबाइल कम्पनी इन्टेक्स टेक्नोलाजीजले चाडै नै एसियकै सस्तो स्मार्टफोन लन्च गर्ने भएको छ । जसको मूल्य भारतिय रुपैया २००० रहने कम्पनिले जनाएको छ ।
इन्टेक्सका वरिष्ठ महाप्रबन्धक संजय कलिरोनाले ‘एक्वा स्टाइल प्रो’ स्मार्टफोनको लन्चिङको अवसरमा अगामि ३- ४ महीनामा कम्पनीले ७-८ वटा नयाँ स्मार्टफोन लन्च गर्ने र यिनिहरुको मुल्य क्रमश २००० रुपैया देखि १०००० रुपैयाको बिच रहने बताए । यि स्मार्टफोनको उत्पादनको लागि ३५ देखि ४० करोड़ रुपैया लगानी गरिने लक्ष्य लिएको उनले जानकारी दिए ।
नेपालमा भने यो स्मार्टफोन आउन ८- ९ महिनालाग्ने इन्टेक्सको आधिकारिक बिक्रेता जेल इन्टरप्राइजेजले जनाएको छ । अहिले लन्च गरिएको एक्वा स्टाइल प्रोको मुल्य भने ६९९० भारु रहेको छ । एजेन्सी।
प्रकाशित: १ भाद्र २०७१, आईतवार