ह्वावे वाच ४ श्रृंखलामा ब्याट्री सुधार तथा नयाँ सुविधाहरू सार्वजनिक

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार
ह्वावे वाच ४ श्रृंखलामा ब्याट्री सुधार तथा नयाँ सुविधाहरू सार्वजनिक

काठमाडौं ।

ह्वावे वाच ४ श्रृंखलाका ब्याट्री सुधारसहित तथा नयाँ सुविधाहरू सार्वजनिक भएका छन्। डिभाइस प्रयोगकर्ताहरूले फ्रिडाइभिङ मोड प्राप्त गर्ने बताइएको छ, जुन ह्वावे वाच ४ अल्टिमेटबाट डिराइभ्ड गरिएको हो। कम्पनीले रनर्सका लागि नयाँ ट्र्याक रनिङ मोड पनि थपेको उल्लेख छ।

ह्वावे वाच ४ श्रृंखलाको लागि अगस्ट २०२३ अपडेटले इटालियन, जर्मन, स्पेनिश र पोलिशसहित चार फरक भाषाहरूमा भ्वाइस नोटिफीकेसनहरू थप्ने बताइएको छ। एक्सन-प्याक फर्मवेयरले प्रयोगकर्तालाई स्लिप रिपोर्ट नोटिफीकेसनहरूमा सुधारहरू प्रदान गर्ने उल्लेख छ।

वाच ४ ले पावर व्यवस्थापनका लागि विभिन्न नयाँ अप्टिमाइजेसनहरू ल्याउने भएकाले यो नयाँ फर्मवेयर इन्सटल गरेपछि प्रयोगकर्ताहरू ब्याट्री ब्याकअपमा परिवर्तनहरू महसुस गर्नसक्ने बताइएको छ।

ह्वावे वाच ४ श्रृंखला शक्तिशाली सफायर ग्लास र ठूलो १.५ इन्च डिस्प्ले सुसज्जित रहेको उल्लेख छ। वाचमा फुल कलर स्क्रिन रहेको तथा यसले गेस्चरहरूलाई समर्थन गर्नेछ। वाचले इ-सीम कनेक्टिभिटी प्रदान गर्ने, जसले प्रयोगकर्तालाई स्मार्टफोनसँग जडान नगरी नै नेटिभ कल गर्न मद्दत गर्ने बताइएको छ।

ह्वावे वाच ४ र वाच ४ प्रोमा इसीजी मापन, हेल्थ ट्रेन्डहरू, तथा १०० भन्दा बढी कसरत मोडहरूसहित विभिन्न स्वास्थ्य सुविधाहरू सुसज्जित छन्। ह्वावे वाच ४ प्रोले ४.५ दिनसम्मको ब्याट्री लाइफ प्रदान गर्ने तथा यो अल्ट्रा ब्याट्री बचत मोडमा २१ दिन सम्म एक्स्पान्ड हुन सक्ने बताइएको छ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार