
काठमाडौं ।
सामसङले बिहीबार आफ्नो ग्यालेक्सी डिभाइसहरूको लागि इको–फ्रेन्डली एक्सेसरीजको नयाँ सेट घोषणा गरेको छ।
सामसङ इको–फ्रेन्ड्स कलेक्सन्समा ग्यालेक्सी जेड फोल्ड५, ग्यालेक्सी जेड फ्लिप५, ग्यालेक्सी ट्याब एस९ सिरिज, ग्यालेक्सी वाच६ डुओ र अडियो वेयरेबल ग्यालेक्सी बड्स२ प्रो का लागि ५५ विभिन्न केसका साथै स्ट्र्यापहरू ल्याएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
एक्सेसरीजहरूको डिजाइन ट्वाइलेट पेपर, किथ ह्यारिङ्ग, द स्माइली कम्पनी, पोकेमोन, मिनियन्स, बीटीएस र केही थप के–पप–सम्बन्धित आर्ट स्टाइलहरूसँगको साझेदारीमा विकसित गरिएको उल्लेख छ।
प्रत्येक उत्पादन पुनः प्रयोग गरिएको प्लास्टिकबाट बनेको र त्यसमा ४० प्रतिशत भन्दा बढी पीसीएम र पीवीसीबाट बनेको (प्राकृतिक नभई) भेगान लेदर हुने उल्लेख गरिएको छ।
प्रकाशित: १ भाद्र २०८०, शुक्रबार