
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस २४ अल्ट्रा टाइटेनियम फ्रेम भए तापनि एस २३ अल्ट्रा जत्तिकै तौल हुनेछ।
केही महिना अघि अनावरण गरिएको सामसङ ग्यालेक्सी एस २३ अल्ट्रामा आर्मर आल्मुनियम फ्रेम रहेको थियाे । यद्यपि, अर्को वर्षको ग्यालेक्सी एस २४ अल्ट्रा यसमा टाइटेनियम फ्रेम भएको भनिएकाले थप टिकाउ हुने उल्लेख छ।
भरपर्दो टिपस्टर आइस यूनीभर्सकाअनुसार, सामसङ ग्यालेक्सी एस २४ अल्ट्राको तौल २३३ ग्राम हुनेछ, जसले यसलाई ग्यालेक्सी एस २३ अल्ट्रा भन्दा १ ग्राम हल्का बनाउनेछ। टाइटेनियम एल्युमिनियम भन्दा घना र कडा भएकाले यो प्रभावशाली रहेको बताइएकाे छ।
सामसङ ग्यालेक्सी एस २४ अल्ट्रामा अपग्रेड गरिएको स्क्रिन तथा एस २३ अल्ट्रामा १० एमपी ३ एक्स टेलिफोटो एकाइलाई प्रतिस्थापन गर्ने ५० एमपी ३ एक्स टेलिफोटो क्यामरा हुने अघिल्लो चर्चाहरूले दावी गरेका छन्।
यद्यपि, सामसङले यसको उत्तराधिकारीमा एस २३ अल्ट्राबाट २०० एमपी प्राथमिक क्यामरा, १० एमपी १० एक्स पेरिस्कोप एकाइ, र १२ एमपी सेल्फी शूटर प्रयोग गर्न जारी राख्ने उल्लेख छ।
ग्यालेक्सी एस २४ अल्ट्राको अनावरण हुन भने महिनौं बाँकी रहेको छ।
प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार