Technology Khabar २८ श्रावण २०८०, आईतवार
काठमाडौं ।
टाटा मोटर्सले १ लाख इलेक्ट्रिक सवारी बिक्री गरेको छ। यो उपलब्धी हासिल गर्न टाटा मोटर्सलाई ५ वर्ष लागेको छ। कम्पनीले सबैभन्दा पहिला नेक्सन ईभी लन्च गरेको थियो र यो कम्पनीको सर्वाधिक बिक्री हुने इलेक्ट्रिक कार हो।
भारतमा इलेक्ट्रिक कार सेगमेन्टमा टाटा मोटर्सको दबदबा रहेको छ। कम्पनील कुल तीन इलेक्ट्रिक कार नेक्सन ईभी, टियागो ईभी र टिगोर इभी बिक्री गर्छ। टाटा मोटर्सको इलेक्ट्रिक कारले भारतमा १.४ बिलियन किलोमिटर यात्रा गरेको ड्राइभस्पार्कले लेखेको छ।
टाटाले अन्य प्रतिस्पिर्धी भन्दा अघि इलेक्ट्रिकको सुरुवात गर्नुका साथै कम मूल्यका गाडी बजारमा ल्याएकाले बिक्री राम्रो भइरहेको छ। नेक्सन ईभीको सुरुवाती मूल्य १४ लाख ४९ हजार भारु छ भने टियागो ईभी कम्पनीको सबै भन्दा सस्तो ईभी हो।
टाटा टियागो ईभीको सुरुवाती मूल्य ८ लाख ६९ हजार भारु र टप मोडलको मूल्य १२ लाख ४ हजार भारु तोकिएको छ। टियागो ईभी कुल चार ट्रिम एक्सई, एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस लक्स विकल्पमा उपलब्ध छ।
यस इलेक्ट्रिक ह्याचब्याकले भेरियन्ट अनुसार २५० किलोमिटरदेखि ३१५ किलोमिटरसम्म रेञ्ज प्रदान गर्छ। टिगोर ईभी इलेक्ट्रिक सेडान हो। यसलाई १२ लाख ४९ हजार भारु देखि १३ लाख ७५ हजार भारुबीचको मूल्यमा उपलब्ध गराइएको छ।
नेक्सन ईभी दो भर्जन प्राइम र म्याक्समा बिक्री भइहरेको छ। प्राइम स्ट्यान्डर्ड भर्जन र म्याक्स लोमो रेञ्ज भर्जन हो। नेक्सन ईभी प्राइमको मूल्य १४ लाख ४९ हजार भारुबाट सुरु भएर १७ लाख ७९ हजार भारुसम्म छ। प्राइमले सिंगल चार्जमा ३१२ किलोमिटर रेञ्ज प्रदान गर्छ। नेक्सन ईभी म्याक्सले ४५३ किलोमिटर रेञ्ज प्रदान गर्छ। यसको मूल्य १६ लाख ४९ हजार भारुबाट सुरु भएर १९ लाख ५४ हजार भारुसम्म छ।
कुल १ लाख बिक्री मध्ये आधा भन्दा ज्यादा हिस्सा टाटा नेक्सन ईभीको छ। जुलाईमा टाटा नेक्सन ईभीले ५० हजार यूनिटी बिक्री संख्या पार गरेको छ। यो इलेक्ट्रिक कार २०२० मा सार्वजनिक गरिएको थियो। यस्तो उपलब्धी हासिल गर्ने यो भारतको पहिलो ईभी हो।
प्रकाशित: २८ श्रावण २०८०, आईतवार