
काठमाडौं ।
चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी होजोन अटोले दक्षिणपूर्वी एसियामा आफ्नो व्यवसाय विस्तार गर्दै वर्षको चौथो त्रैमासिकदेखि इन्डोनेसियामा आफ्ना निटा ब्रान्डेड ईभीहरू बिक्री सुरु गर्ने योजना बनाएको बताएको छ।
रोयटर्सकाअनुसार अगस्ट १० मा सुरु हुने गायकिन्डो इन्डोनेसिया इन्टरनेशनल अटो शोमा तीनवटा इभी मोडलहरू प्रदर्शन गर्ने होजोनले देशमा सबैभन्दा बढी बिक्री हुने नेटा भी क्रसओभरको लागि ३७९ मिलियन रुपियाह (२४,९६७ डलर) को मूल्यमा प्रि-अर्डर लिन थालेको कम्पनीले जनाएको छ।
कम्पनीले सन् २०२४ को दोस्रो त्रैमासिकबाट इन्डोनेसियामा आफ्ना उत्पादनहरूको लागि स्थानीयकरण र उत्पादन सुरु गर्ने योजना पनि बनाएको छ।
पीटी निटा अटो इन्डोनेसियाका अध्यक्ष निर्देशक वाङ चेङ्गजीले स्थानीय असेम्ब्ली प्लान्टको वार्षिक ३० हजार युनिट उत्पादन क्षमता हुने बताए।
घरेलु अर्थतन्त्र संघर्षको अवस्थामा हुँदा, चिनियाँ अटोमेकरहरूले विदेशी बजारहरूमा ठूलो दाउ लगाइरहेका छन्, इभीको निर्यात जूनमा ५६ प्रतिशत छलांगपछि जुलाईमा वार्षिक रूपमा निर्यात ६३ प्रतिशतले बढेको छ।
यो वर्षको पहिलो त्रैमासमा ६ हजार ९७० कार निर्यात गरेको होजोनले थाइल्यान्ड, म्यानमार र नेपाललगायत दक्षिणपूर्वी एसियाली मुलुकमा आफ्ना निटा ईभी बिक्री गर्दै आएको छ।
यसको चीनमा दुईवटा कारखानाहरू छन् जसको कुल क्षमता प्रति वर्ष १ लाख ५० हजार इकाइहरू छन्। यसले थाइल्याण्डमा आफ्नो पहिलो विदेशी प्लान्ट निर्माण गरिरहेको छ र जनवरी २०२४ मा त्यहाँ उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।
अनुसन्धान फर्म काउन्टरपोइन्टका अनुसार बीवाईडीको एट्टो ३ पछि, होजोनको निटा भी पहिलो क्वाटरमा दक्षिणपूर्वी एशियामा दोस्रो सबैभन्दा धेरै बिक्रि हुने इभी थियो।
प्रकाशित: २८ श्रावण २०८०, आईतवार