
काठमाडौं ।
भारतीय बजारमा प्रवेश गर्न टेस्लाका कार्यकारीहरु भारतीय लगानी एजेन्सीसँग वार्ता गरिरहेको छ।
भारतमा प्रवेश गर्ने कम्पनीको योजना बारेमा टेस्लाका दुई वरिष्ठ अधिकारीहरू नयाँ दिल्लीमा भारतको लगानी प्रोत्साहन शाखाका अधिकारीहरूसँग छलफल गरेका छन्। यो टेस्ला र भारतबीचको उच्च-स्तरीय वार्ताको पछिल्लो श्रृंखलामा भएको यस विषयमा प्रत्यक्ष जानकारी भएका दुई व्यक्तिले भने।
अमेरिकी कार निर्माताले भारतीय बजार र निर्यात दुवैका लागि टेस्लाको हालको इन्ट्री मोडल सस्तोमा उत्पादन गर्ने योजना बनाएको छ। रिपोर्टका अनुसार हालको मूल्य भन्दा करिब २५ प्रतिशत सस्तो २४ हजार अमेरिकी डलरको विद्युतीय गाडी (ईभी) उत्पादन गर्ने कारखाना निर्माण गर्न टेस्ला इच्छुक रहेको बताएको छ।
टेस्लाका अमेरिकास्थित कार्यकारीहरू वरिष्ठ सार्वजनिक नीति र व्यवसाय विकास कार्यकारी रोहन पटेल र आपूर्ति श्रृंखलाका एक उपाध्यक्ष रोशन थोमस हाल नयाँ दिल्लीमा छन्। उनीहरुले इन्भेस्ट इन्डिया एजेन्सीका अधिकारीहरूलाई भेटेका छन्। छलफल निजी भएकाले दुई स्रोतहरूले आफ्नो विवरण भने उल्लेख गर्न अस्वीकार गरेका छन्।
इन्भेष्ट इन्डिया सीईओ निवृत्ती राई इन्टेलका पूर्व कार्यकारीले बिहीबार टेस्लाका कार्यकारीहरुसँग वार्ता गरेको उनीहरुले थपे।
टेस्ला र इन्भेष्ट इन्डियाले टिप्पणीका लागि अस्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ।
भारतीय अधिकारीहरूसँग टेस्लाका अधिकांश बैठकहरू गोप्य राखिएका छन्। रोयटर्सले यस हप्ता रिपोर्ट गरेको छ कि टेस्लाका प्रतिनिधिहरूले वाणिज्य मन्त्री पियुष गोयललाई पनि भेट्नेछन्। जसमा ईभी आपूर्ति श्रृंखला स्थापना गर्ने र कारखानाको लागि जग्गा उपलब्धतामा केन्द्रित हुने अपेक्षा गरिएको छ।
धेरै भारतीय राज्यहरू आफ्नो क्षेत्रमा टेस्लाको प्लान्ट स्थापना गर्न इच्छुक छन्। तर कार निर्माता हाल नयाँ दिल्लीमा संघीय सरकारसँग आफ्नो प्रस्ताव छलफल गर्न केन्द्रित रहेको एक स्रोतले भन्यो।
गत वर्ष भारतमा ढुवानी गरिएका ईभीहरूमा आयात कर घटाउन टेस्लाले लबिङ गरिरहेको छ। भारतीय सरकारी अधिकारीहरूले स्थानीय रूपमा कारहरू निर्माण गर्ने प्रतिबद्धता खोजिरहेका छन् ।
प्रकाशित: १५ श्रावण २०८०, सोमबार